पर्वत । समृद्ध पर्वत हाम्रो चाहाना भन्ने नाराका साथ शुरु भएको पाँचौ पर्वत महोत्सवको आज पाँचौ दिन । १० दिनसम्म चल्ने महोत्सवमा जतिपनि दर्शकको ओइरो हुनुपर्ने थियो त्यो भने अझै हुन सकेको छैन ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । समृद्ध पर्वत हाम्रो चाहाना भन्ने नाराका साथ शुरु भएको पाँचौ पर्वत महोत्सवको आज पाँचौ दिन । १० दिनसम्म चल्ने महोत्सवमा जतिपनि दर्शकको ओइरो हुनुपर्ने थियो त्यो भने अझै हुन सकेको छैन ।

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

टिप्पणी–महोत्सव श्रीमतीमयदेखि झुटो प्रचारसम्म

२०७३, १७ माघ सोमबार ०४:४६


पर्वत । समृद्ध पर्वत हाम्रो चाहाना भन्ने नाराका साथ शुरु भएको पाँचौ पर्वत महोत्सवको आज पाँचौ दिन । १० दिनसम्म चल्ने महोत्सवमा जतिपनि दर्शकको ओइरो हुनुपर्ने थियो त्यो भने अझै हुन सकेको छैन ।


महोत्सव आधाआधी समयमा आइपुगेको छ । आयोजकका अनुसार आलसम्म जम्माजम्मी १६ हजार दर्शकले मात्रै महोत्सव अबलोकन गरेका छन् । २ लाख दर्शक भित्राउने आयोजकले गरेको दाबी र महोत्सवको मध्यान्तरसम्ममा देखिएको दर्शकको सहभगीताले महोत्सव कत्तिको सफल वा असफल आफै औलाउन सकिन्छ ।

 

महोत्सवको मूख्य आकर्षकका रुपमा रहेको प्याराग्लाइडिङ, ¥याफ्टिङमा पनि दर्शकको कुने सहभागीता देखिएको छैन । 

महोत्सवको उद्घाटन शत्रमा प्याराग्लाइडिङमार्फत पुष्पबृष्टि गर्ने भनियो तर त्यो पनि प्रोपोगाण्डाबाहेक अरु केहि हुन सकेन ।

अझ रमाइलो पक्ष  त के छ भने महोत्सवमा ल्याउने भनिएको अष्ट्रिच, चौरी र ऊट महोत्सवमा आएको छैन तर प्रचार यस्तो गरिएको छ कि महोत्सवमा ती जनवारहरु दर्शकले हेरेर खुब रमाइरहेका छन् ।


कलाकारहरु राष्ट्रिय स्तर तथा धौलागिरी र स्थानीय स्तरका कलाकारहको जमघट गराईको दाबी गरिएको छ तर महोत्सवमा कलकारहरु भनिएकाहरुको गीत सुन्दा लाग्छ यो कलाकार हुन सक्दैन । ख्याति प्राप्त कलाकारहरु भित्राउन भन्दा पनि कलाकारहरुको संख्या बढी देखाउने र त्यसमो सम्बन्धीतले ठूलै चलखेल गर्ने अबसर प्रदान गरिएको छ । 


स्थानीय परम्परा र समाजलाई पाच्य हुने गितसंगीत कलाकाहरु भिनएकाहरुले गाउन सकेका छैनन् । एकदुइ राष्ट्रिय स्तरमानै ख्याती कमाएका कलाकारहरुले पनि दर्शकको मन जितेका छन् तर तीनीहरुलाई समयको अभाव सिर्जना गरिएको छ ।


महोत्सवमा आयोजकले टिकट व्यवस्थापनको लागि संस्थालाई भन्दा पनि व्यक्तिलाई जिम्मा दिएकोले पनि महोत्सवमा श्रीमती भित्राउनको लागि सहज माध्यम बनेको छ । महोत्सवमा व्याकेज र पत्रकारलाई विशेष पासको व्यवस्था गरिएको भनिएता पनि ती पासहरु सम्बन्धीत व्यक्तिका श्रीमती र आफन्तका श्रीमतीलाई महोत्सव परिसरमा छिराउनको लागि लाभदायीक बनेका छन् । 


यस्तो सम्म भेटिएको छ । पत्रकारलाई राखिएको पास पत्रकारीता क्षेत्रमा सम्बन्ध हुदै नभएका व्यक्तिहरुलाई पनि पत्रकार हो भनी पास दिलाइएको छ जसले गर्दा पनि महोत्सव श्रीमतीमय बनाउनको लागि नियत खराबभएकाहरुलाई निकै सहज भएको छ तर आयोजकले त्यसमा ध्यान दिन सकेको छैन ।


प्रचार पनि भ्रमपूर्ण गरिएको छ । अझै भनौ एक मिडियाले त महोत्सवमा हुदै नभएका अस्ट्रिच, ऊट र चौरीको दर्शकले निकै अबलोकन गरे भनेर आर्थिक संयोजकको हवला दिएर समाचार लेखेको छ जसको स्वयम व्यक्तिलाई थाहा छैन कि कहिले र कतिबेला मैले उक्त समाचारलेख्ने पत्रकारलाई आफ्नो अभिव्यक्ति दि ए भनेर । 


यस्तो झुटो प्रचार त्यसमा साँघुरो महोत्सव परिसर र विशेष पास श्रीमतीमय बनाउनुले पनि महोत्सवमा ठूलो आर्थिक र नैतिक धक्का लाग्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ