२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नागरिक सँग मिलेर काम गर्छु: एसपि खापुङ

२०७३, १८ माघ मंगलवार ०२:२७

कृष्ण कँडेल/माघ १८, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा बागलुङको ग्वालीचौरमा नागरिक सुनुवाई तथा प्रहरी मेरो साथी विषयक कार्यक्रम सोमबार सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै स्थानिय नागरिक तथा सरोकारवालाले प्रहरीले आफ्नो कार्यसम्पानमा कसैलाई विभेद नगरि निष्पक्षता पुर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले प्रहरी चौकी ग्वालीचौरको स्तरबृद्धि गरि ईलाका प्रहरी कार्यालय स्तरमा लैजान माग गरेका थिए । 

बक्ताहरुले प्रहरीले समान्य नागरिक प्रति सभ्य र नम्र व्यवहार गर्नुपर्ने औँल्याएका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले आफु जिल्लाको शान्ति सुरक्षा कायम गर्न सँधै नागरिकसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले सवै नागरिक बर्दिविनाको प्रहरी भएको भन्दै शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रहरीलाई सहयोग गर्न स्थानिय नागरिक तथा सरोकारवालालाई आग्रह गर्नुभएको थियो । 

जिल्ला प्रहरी प्रमुख एसपि खापुङले आफु बागलुङमा आएपछि मातहतका ईकाईहरुको अवस्थाको निरक्षण तथा प्रहरीको काम प्रति नागरिकको चासोका विषयमा बुझ्नका लागि बागलुङको पश्चि क्षेत्रमा आएको बताउनुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि ग्वालीचौर उपसाखाका सभापतीले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्थानिय समाजसेवि ठनेश्वर घिमिरेको अध्यक्षता, स्थानिय खार माविका शिक्षिका जीवन घिमिरेको स्वागत र ईलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

जिल्ला प्रहरी प्रमुख खापुङले ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकि ग्वालीचौरको निरीक्षण तथा अवलोकन गरि शान्ति सुरक्षा कायम गर्न सक्रियता साथ लाग्न निर्देशन दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने