2026-07-11 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेपाल माविको अध्यक्षमा फेरी दिवश खत्री चयन

2017-01-31


कृष्णा कँडेल/माघ १८, बागलुङ । नेपाल माध्यमिक विद्यालय ताराखोलामा सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।

कार्यक्रममा बोल्दै श्रोत व्यक्ति डिल्लीप्रसाद शर्माले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक लगायत सम्पुर्ण सरोकारवाला एक भएर लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रमको अवसरमा  निर्वाचन मण्डलका संयोजक नरेश केसी, शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य लिला विक लगायतले मन्तव्य राख्नुभएको थियो । 

भेलाले दिवश खत्री पदमको अध्यक्षतामा गठन भएको ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव प्रधानाध्यापक भिमनाथ सुवेदी रहनुभएको छ । सदस्यमा लिला विक, खगराज सापकोटा, सपना वुढाथोकी, गौमती घर्ती, लोक वहादुर क्षेत्री, दिर्घ घर्ती, सिता सापकोटा रहनुभएको छ । 

भेलाले धनबहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरेको छ । कार्यक्रमामा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित दिवश खत्री पदमले विद्यालयको सवै पक्षको सुधारका लागि आफुले सम्पुर्ण सरोकारवालासँग समन्वय गरेर काम  गर्नु प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेला कर्णबहादुर चोखालको अध्यक्षता, शिक्षक दिपेन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक रामलाल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या