माघ १९, ताप्लेजुङ | जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । 

सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, ताप्लेजुङ | जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । 

सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्दे"/>

2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

जिल्ला अस्पताल ताप्लेजुङमा सिटामोल अभाव

माघ १९, ताप्लेजुङ | जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । 

सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिने गरे पनि केन्द्रबाट नै प्रदान हुने निःशुल्क औषधि पाँच महिना अघिदेखि नआउँदा औषधिको अभाव देखिन थालेको हो । 

जिल्ला अस्पताल स्रोतका अनुसार अहिले मेट्रो, सिटामोलजस्ता अति आवश्यक औषधिकै अभाव सिर्जना भएको छ । अस्पतालमै औषधि नभएपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि औषधि प्रदान गर्न नसकिएको बताइएको छ । 

केन्द्रबाट प्राप्त हुने औषधि पाँच महिनादेखि नआएपछि जिल्लास्तरबाट नै खरिद गरिएका ३३ प्रकारका औषधि पनि सकिन लागेको जनाइएको छ । थप औषधि खरिदका लागि खरिद आदेश लिनुपर्ने भएकाले समस्या देखिएको छ । 

ग्रामीण क्षेत्रका कतिपय स्वास्थ्य संस्थामा औषधि नपाउँदा स्थानीय मारमा परेका छन् भने जिल्ला अस्पताल भित्रै औषधि नपाएपछि बाहिर किन्नुपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो छ । 

सरकारले जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि प्रदान गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई