माघ १९, तुलसीपुर (दाङ) | तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला—२०७३ मा मरुभूमिमा पाइने ऊँट र हिमालमा पाइने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, तुलसीपुर (दाङ) | तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला—२०७३ मा मरुभूमिमा पाइने ऊँट र हिमालमा पाइने"/>

2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर महोत्सवमा ऊँट र चौरीको आकर्षण


माघ १९, तुलसीपुर (दाङ) | तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला—२०७३ मा मरुभूमिमा पाइने ऊँट र हिमालमा पाइने चाँैरी गाई प्रमुख आकर्षणका रुपमा रहेका छन् । 

प्रदर्शकले ऊँटका लागि हिटर र चौँरी गाईका लागि एसी, कुलर तथा पङ्खाको व्यवस्था गरेर मौसम अनुकूल बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक विमल रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार पनि ऊँट, चौँरी गाई, अस्ट्रिचलगायतका पशुपक्षी हेर्नेको ठूलो भीड लागेको थियो । 

मरुभूमि तथा हिमालमा पाइने जनावर तथा पशुपक्षी महोत्सवमै हेर्न पाएपछि दर्शकले खुसी व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष ललितबहादुर वलीले मरुभूमि र हिमालमा मात्र पाइने पशुपक्षी महोत्सवमा अवलोकन गर्दा एकदमै खुसी महसुस भएको प्रतिक्रिया दिनुभयो । 

यसैबीच मङ्गलबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ भने राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार हेमन्त शर्मा, नेत्र भण्डारी, केशव सापकोटा, अस्मिता बस्नेत, वनकुमारी सुनार, रेश्मा पुन, बिन्दु परियार, झरना रिसाललगायतका कलाकारले भरपुर मनोरञ्जन दिनुभएको थियो । 

त्यसैगरी, महोत्सवमा रहेका कक्षमा पनि किनमेल गर्ने तथा बाल उद्यानमा रमाइलो गर्नेको समेत उल्लेख्य भीड लागेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म बाल उद्यानमा पुगेर भरपुर मनोरञ्जन लिएको बाल उद्यान संयोजक यज्ञबहादुर केसीले जानकारी दिनुभयो । 

त्यस्तै, यस क्षेत्रको कृषिको प्रवद्र्धन, किसानलाई व्यावसायिक बनाउने, पर्यटन र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव स्थलमा राखिएकामध्ये १० भन्दा बढी कक्षमा कृषि उपजका सामान राखिएको छ । 

महोत्सवलाई सभ्य, पारदर्शी र भव्य बनाउनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले सबै तह र तप्कालाई परिचालन गरेको छ । महोत्सवमा मङ्गलबार मात्रै रु ६० लाखभन्दा बढीको कारोबार भएको आर्थिक संयोजक ललितजङ्ग शाहले जानकारी दिनुभयो । 

तुलसीपुरस्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँचलाख दर्शकलाई सहभागी गराउने, रु २० करोडको आर्थिक कारोबार गर्ने र त्यसबाट रु एक करोड बहुउद्देश्यीय सभागृह निर्माणका लागि बचत गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् । 

‘स्वदेशी उत्पादन प्रयोग गरौँ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौँ’ भन्ने नाराका साथ माघ १३ गतेदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म जारी रहनेछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो