कृष्ण कँडेल | माघ १९, बागलुङ | बुर्तिबाङका राजनितिक दल तथा सरोकारवालाले बुर्तिबाङ नयाँ शहर आयोजनामा विकास निर्माणको योजनाको काम सुस्त गतिमा भएको भन्दै चिन्ता व्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | माघ १९, बागलुङ | बुर्तिबाङका राजनितिक दल तथा सरोकारवालाले बुर्तिबाङ नयाँ शहर आयोजनामा विकास निर्माणको योजनाको काम सुस्त गतिमा भएको भन्दै चिन्ता व्य"/>
2026-07-11 03:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ शहर आयोजना फर्किने चर्चाप्रती बुर्तिबाङबासीको गम्भिर चिन्ता

कृष्ण कँडेल | माघ १९, बागलुङ | बुर्तिबाङका राजनितिक दल तथा सरोकारवालाले बुर्तिबाङ नयाँ शहर आयोजनामा विकास निर्माणको योजनाको काम सुस्त गतिमा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बुर्तिबाङ नयाँ शहर आयोजनाको कार्यलय बुर्तिबाङ बजारमा मंगलबार भएको छलफल कार्यक्रमका सहभागीले अपेक्षा अनुसार काम नभएकाले नयाँ शहर आयोजना बुर्तिबाङबाट फिर्ता हुने चर्चा चलेको भन्दै कुनैपनि हालतमा फिर्ता हुने अवस्था आउन दिन नहुने बताएका थिए । 

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका निलबहादुर पुनले जुनसुकै बहानामा नयाँ शहर आयोजना फिर्ता भए जनताले नछोड्ने भन्दै नगरविकास समितिले आयोजनाको कामलाई तिब्र गतिमा अघि बढाउनुपर्ने बताउनुभयो । 

नेकपा एमालेका टंकप्रसाद पौडेलले आयोजनाका लागि आएको बजेट खर्च हुन नसकेर फिर्ता भएको, पुर्वाधार विकास तथा जग्गा खरिद्को काम अपेक्षा अनुसार हुन नसकेको हुँदा बुर्तिबाङबाट नयाँ शहर अन्यत्र सार्ने तयारी भएको हल्ला चलेको बताउनुभयो । 

उहाँले किन र कसका कारणले फिर्ता हुने अबस्था आएको हो ? भन्ने प्रश्न गर्दै बुर्तिबाङ नगरविकास समितिको कार्यसम्पादन प्रभावकारी नभएको प्रति ध्यानाकर्षण गराउनुभएको थियो । 

नेपाली काँग्रेशका ईन्द्र मल्लले नयाँ शहर आयोजनका प्राविधिकले पनि विकासको काममा प्रभावकारी भुमिका निर्वाच गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

नेकपमा माओवादी केन्द्रका चन्द्र अर्यालले नयाँ शहरका लागि आएको बजेट विगतमा खर्च हुन नसकेर फिर्ता हुने गरेको भन्दै यो बर्ष पनि बजेट फर्किने अबस्था आउन सक्ने तर्फ चिन्ता व्यक्त गर्नुभयो । उहाँले नयाँ शहर फिर्ता हुँने अबस्था भए फलानो व्यक्ति र पार्टिको नेतृत्व रहँदा फर्कियो भनेर कसैलाई राजनिति गर्न त सजिलो होला तर बुर्तिबाङ र बागलुङको विकासमा बर्षौँ पछि पर्नुपर्ने तर्क गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका गौरिश्वर पाण्डेले दुर्गाम ठाउँमा आएको विकास फेरी गुम्ने अबस्था आए नेतृत्वमा रहनेले स्वभाविक रुपमा बढी जिम्मेवारी लिनुपर्ने भएपनि समग्र बुर्तिबाङ बासीको लागि एउटा ठुलो अबसर गुम्ने बताउनुभयो । उहाँले के कारण र कस्को कमजोरीका कारण फर्किन लागेको हो ? भन्दै पहिलो जिम्मेवारी नगरविकास समितिको हुने तर्क गर्नुभयो । 

उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तमणी शर्माले शहर विकाका लागि विगतमा बनाईएका योजना कायान्वयनमा आउन नसकेको बताउनुभयो । 

सवैको कुरा सुनिसकेपछि बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष अर्जुन सेरचनले बुर्तिबाङ नयाँ शहर आयोजनाको बारेमा सवै पक्षबाट गम्भिर चासो देखिनु सकारात्मक भएको भन्दौ शहर फिर्किँदै छ भन्ने हल्ला मात्र भएको बताउनुभयो । तर उहाँले काम गर्ने क्रममा बढि विवाद् हुने गरेकाले विवाद् यथावत रहेर काम हुन नसके फिर्ता हुनसक्ने दवाव आयोजनाको माथिल्लो तहबाट आफुलाई पनि आउने गरेको बताउनुभयो । सेरचनले टारिखेतमा जग्गा विकास योजना निर्माणको क्रममा मुद्धा परेकाले काम रोकिएको बताउनुभयो । 

उहाँले नयाँ शहरको लागि योजना बनिरहेको भन्दै स्थानिय असन्तुष्टिले काम गर्न अप्ठ्यारो भएको बताउनुभयो । बुर्तिबाङ बाजरमा अहिले भईरहेको ढल व्यवस्थापन, सडक स्तरोन्नती जस्ता काममा पनि अबरोध भईरहेको उहाँको भनाई थियो । उहाँले शहरको कामलाई प्रभावकारी बनाउन समितिका सदस्यहरुको थप क्रियाशिलता तथा राजनितिक दल एवं आम नागरिकको चासो र सहयोग आबश्यक पर्ने बताउनुभयो ।  

आज भएको छलफलबाट समस्या परेका ठाउँमा नगरविकास समितिलाई सहयोग गर्नका लागि सर्वदलिय समिति गठन गरिएको छ । समितिमा स्थानिय रुपमा क्रियाशिल सम्पुर्ण राजनितिक दलका अगुवा नेताहरु रहेका छन् । 

छलफल कार्यक्रम स्थानिय राजनितिक दलको समन्वयमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या