माघ १९, विराटनगर | बिराटनगर – १३ स्थित नाक, कान, घाँटी सम्बन्धी डाक्टर डा. मदन कोइरालाका कर्तुतहरु एकपछि अर्को हुँदै सार्वजनिक हुन थालेका छन् । कोशी नर्सिङ होमका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, विराटनगर | बिराटनगर – १३ स्थित नाक, कान, घाँटी सम्बन्धी डाक्टर डा. मदन कोइरालाका कर्तुतहरु एकपछि अर्को हुँदै सार्वजनिक हुन थालेका छन् । कोशी नर्सिङ होमका"/>
2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

डाक्टर मदन कोइरालाको ब्रम्हलूट

माघ १९, विराटनगर | बिराटनगर – १३ स्थित नाक, कान, घाँटी सम्बन्धी डाक्टर डा. मदन कोइरालाका कर्तुतहरु एकपछि अर्को हुँदै सार्वजनिक हुन थालेका छन् । कोशी नर्सिङ होमका नामबाट व्यवसाय सञ्चालन गर्दै आएका डा. कोइरालाले नर्सिङ होमको बोर्ड कहिँ पनि राखेका छैनन् । आफ्नै निजी निवासमा नर्सिङ होम सञ्चालन गर्दै आएका कोइरालाले आफ्नो नामको बोर्डमा कोशी नर्सिङ होम उल्लेख गरे पनि त्यसलाई पछि मेटिएको छ ।

जसरी पनि पैसा कमाउने नाममा सर्वसाधारणसँग अनावस्यक रुपमा रकम असुल्ने डा. कोइरालाले आफ्नै निवासमा श्री ओम मेडिसिन सेन्टर, सगरमाथा ल्यावोरेटरी र एक्सरे सञ्चालन गर्दै आएका छन् । कोशी अञ्चल अस्पतालमा कार्यरत हुँदा नाक कान घाँटीमा यस क्षेत्रमा परिचित बनेका डाक्टर कोइरालाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई अहिले आएर धन्दाका रुपमा विकसित गरेका छन् ।

कोइरालाका कर्तुतका बारेमा बुझ्न पाँच मिनेट मात्र उनको कथित अस्पतालमा बस्नुपर्छ, उनको पीडित विमारीसँगको ताण्डवलाई सहज अनुभूति गर्न सकिन्छ । विरामी उनको कार्यकक्षमा प्रवेश गर्नासाथ नाक, कान, घाँटीसम्बन्धी जुनसुकै विरामीलाई पनि एकै प्रकारको परीक्षणहरु गराउने गरेका छन् । उनको अस्पतालमा रहेको सगरमाथा ल्यावोरेटरी नामक ल्यावमा परीक्षण गरिन्छ तर विल दिइँदैन । ल्याव टेक्निसियनका रुपमा रहेका विष्णु चौधरीले तपाईंको यति पैसा लाग्छ भनेर जथाभावि रकम लिने गरेका छन् ।

रिपोर्ट हेरेपछि डाक्टरले जथाभावि औषधिको सिफारिस गर्ने गरेका छन् । त्यसपछि आफैले खोलेको श्री ओम मेडिसिन सेन्टरबाट औषधि लिन सिफारिस गर्छन् । विरामीले औषधि बाहिरबाट खरिद गर्छ कि भनेर औषधि आफूलाई देखाउन अह्राउँछन् । सबै खालका विरामीलाई आफ्नै औषधि पसलमा रहेको एकैखालको औषधि सिफारिस गर्ने गरेका छन् उनले । आफूकहाँ आउने विमारीलाई अत्यधिक कमिसन रहेको महँगो औषधि किन्न बाध्य बनाउने गरेका छन् ।

कतिपय सामान्य विमारीलाई पनि अप्रेसन गर्नुपर्छभनेर मानसिक रुपमा दबाब दिँदै रकम असुल्ने गरेको विराटनगर–१३ का पीडित केशव बस्नेत बताउँछन् । उनले आफ्नो छोरा समिरको कानमा समस्या भएपछि डक्टरलाई जचाउँदा तुरुन्तै अप्रेसन गर्न सुझाए । धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा सामान्य कान सफा गर्दा नै ठीक भएको बस्नेतको भनाई छ ।

यस्तै, सप्तरीकी एक पीडितले घाँटीको समस्या भएर आएको, तर डाक्टरले नचाहिँदो ल्याव टेस्टलगायतको सिफारिस गरे । उनले अरु विमारीलाई दिने महँगा औषधि नै आफूलाई पनि सिफारिस गरेपछि आधा मात्र औषधि लिनु परेको उनले बताइन् ।

धनकुटाकी सुनिता नामकी एक महिला थाइराइडको समस्याले ग्रस्त भएपछि डाक्टरको सम्पर्कमा पुगिन्, पाँच वर्षदेखि उनले डाक्टर कोइरालाले सिफारिस गरेको औषधि सेवन गरिरहेको बताएकी छिन्। जति औषधि सेवन गरे पनि रोग विषेक नभएपछि अस्पतालमा भेटिएकी उनले डाक्टरले दुई महिना, चार महिनामा १५ देखि २० हजार रुपैयाँसम्म असुल्ने गरेको गुनासो सुनाइन् ।

डाक्टर कोइरालाको नर्सिङ होममा अधिकांश पीडित भारतीय रहेको पाइएको छ । भारतीय विमारीहरु उनै डाक्टरको कोपभाजनमा पर्ने गरेका छन् । फारविसगञ्जबाट उपचारका लागि कोइरालाको अस्पतालमा आएका मो. राइचले डाक्टरले जथाभावी महँगो औषधि लेख्नेगरेको आरोप लगाएका छन् । उनले भने‘भारु पाँच हजार रुपैयाँ लिएर आएको थिएँ, घर फर्किने भाडा पनि सकियो।’ छिमेकीहरुले डाक्टर कोइरालाको क्लिनिकमा नजान सल्लाह दिँदादिँदै पनि आएको भन्दै उनले दुखेसो पोखे ।

केही समयअगाडि उपचारार्थ डाक्टर कोइरालाको क्लिनकमा पुगेका इलामका एक पीडितले आफूलाई जथाभावी ल्याव टेष्ट गराउन लगाएर नचाहिँदो औषधि भिडाएपछि उनी पीडितको कोपभाजनबाट बालबाल बचेका थिए । बाथरुममा पसेर बाहिर ननिस्किएपछि उनलाई त्यहाँका स्टाफहरुले जोगाएका थिए । 

डाक्टर कोइरालाका यस्ता अनगिन्ती करतुतहरु रहेका छन् । उनले राजश्व समेत ठगी गर्दै गरेको सोही अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई