2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको नगर उद्यान बन्यो काँसघारी

माघ १९, बनियानी (झापा) |  सरकारले घोषणा गरेको ‘एक नगर, अनेक उद्यान’ कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका–१० मा निर्माण गरिएको नगर उद्यान काँसघारीमा परिणत भएको छ । 

डेढ वर्षअघि तारघेरा, फूल तथा वृक्षरोपण गरिएपनि त्यसयता उद्यानको स्याहार सम्भार नगरिँदा उद्यान काँसघारीमा परिणत भएको हो । आर्थिक वर्ष २०७१÷७२ मा भद्रपुर नपा र जिल्ला वन कार्यालय झापाले संयुक्तरुपमा नगर उद्यानको घोषणा गरेका थिए । 

नगरपालिका र वन कार्यालयबीच भएको सम्झौता अनुरुप उद्यानको निर्माणमा रु १० लाख लगानी गरिसकिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बताउनुभयो । “सम्झौताअनुसारको काम गरेर हामीले उद्यान जिम्मा लगायौँ”– उप्रेतीले भन्नुभयो, “उद्यानको गुरुयोजना बनाएर नगरपालिकाले काम गर्नुपर्ने हो ।” 

नगरपालिकाले उपलब्ध गराउने भनिएको रु छ लाख हालसम्म उपलब्ध नगराएको उद्यान उपभोक्ता समितिका अध्यक्ष धनजुजु श्रेष्ठले बताउनुभयो । “नगरपालिकाले लगानी कबोल गरेको रु छ लाख हालसम्म प्राप्त हुन सकेको छैन”– उहाँले भन्नुभयो, “त्यसैले उपभोक्ताले व्यहोर्ने रु एक लाख ५९ हजार पनि लगानी गर्न सकिएको छैन ।” 

जम्मा ८६७,६३५ वर्ग मिटर क्षेत्रफलको उद्यान निर्माण गर्न तारघेरा, फूल तथा वृक्षरोपणका लागि वन कार्यालयले बजेट विनियोजन गरी एक वर्षसम्म त्यसको रेखदेखका लागि पालेसमेत राखेको थियो । त्यसपछि नगरपालिका कार्यालयमा मालीको दरबन्दी भएपनि उद्यान स्याहार सम्भारविहीन बनेको छ । 

नगरपालिकाले उद्यान निर्माणका लागि चालु आवमा समेत रकम विनियोजन गरेको छैन । सरोकारवालाको बेवास्ताका कारण नगरको शोभा बढाउने उद्यान अलपत्र अवस्थामा रहेको स्थानीय दिप लिम्बूले बताउनुभयो । 

नगर उद्यान निर्माणका लागि नगरपालिकासँग तत्काल कुनै स्रोत नभएको नगरपालिकाका अधिकृत काजीमान राईले बताउनुभयो । “स्रोत नभएकाले काम अघि बढेको छैन”– उहाँले भन्नुभयो, “हामी स्रोत जुटाउने कोसिस गरिरहेका छौँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई