माघ १९, रोल्पा । महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, रोल्पा । महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक"/>

2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

काठमाडौँको इँटाभट्टाबाट फर्काइए रोल्पाका दुई बालक


माघ १९, रोल्पा । महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेको जिल्ला बालकल्याण समिति रोल्पाले काठमाडौँको इँटाभट्टाबाट फर्काइएका दुई बालकलाई मङ्गलबार एक कार्यक्रमकाबीच अभिभावकको जिम्मा लगाएको छ । 

काठमाडौँस्थित बालविकास समाजमार्फत उद्धार गरिएका हार्जङ–५, रोल्पाका १४ वर्षीय शङ्कर विक र गैरीगाउँ–५ रोल्पाका १४ वर्षीय दीपक डाँगीलाई अभिभावकको जिम्मा लगाइएको हो । 

घरबाट भागेर नाइकेमार्फत काठमाडौँ पुगेका ती दुवै बालक केही महिना पहिलेदेखि इँटाभट्टामा जोखिमपूर्ण काममा संलग्न रहेका थिए । 

महाशक्ति इँटा उद्योग भक्तपुरका प्रोपाइटर कृष्णप्रसाद सुवालले काममा संलग्न दुई बालक विक र डाँगीलाई भक्तपुर प्रहरीको जिम्मा लगाएपछि बालविकास समाजमार्फत बालकलाई अभिभावकको जिम्मा लगाइएको बालविकास समाज काठमाडौँका कार्यक्रम सुपरभाइजर विदुर नेपालले जानकारी दिनुभयो । 

यसरी फर्काइएका डाँगीले प्रावि रानागाउँमा कक्षा ४ सम्म पढेर बीचमै पढाइ छोडेका थिए भने विक निरक्षर छन् । उनले सामान्य क, खसम्म पनि चिनेका छैनन् । डाँगीलाई पुनः विद्यालय भर्ना गराउने निर्णय भएको छ । आर्थिक अभावमा पिल्सिएका डाँगीलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा शैक्षिक सामग्री उपलब्ध गराउने दिलकमल क्षेत्रीले बताउनुभयो । 

कार्यक्रममा महिला विकास अधिकृत लोकेन्द्र आचार्यले डाँगीलाई बालविकास समाज काठमाडाँैले उपलब्ध गराएको कापीकलम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बालकल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारी, हुरेक रोल्पाका हस्तबहादुर घर्तीमगर लगायतको उपस्थिति रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई