८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

५५ वटा भुसियाहा कुुकुरको बध्याकरण

२० फाल्गुन २०७२, बिहीबार ०४:१६

फागुन १९, परासी ।
नवलपरासीमा भुस्याहा कुकुर नियन्त्रणका लागि पशु सेवा कार्यालयले दुईदिने कुकुरको बध्याकरण शिविर
सञ्चालन गरेको छ । रामग्राम नगरपालिका, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा पशु सेवा
कार्यालयले कार्यालयमा सो शिविर सञ्चालन गरेको हो ।

जिल्लामै
पहिलो पटक यस दुई दिने शिबिरमा ५५ वटा भाले र पोथी कुकुरको बध्याकरण गरिएको बरिष्ठ पशु विकास अधिकृत
शंकर शाहले जनाकारी दिनु भएको छ । कुकुर मार्दा पशु अधिकारकर्मीको विरोध हुने र नियन्त्रण नगर्दा
भुस्याहा कुकुरको विगविगिले जिल्लामा अधिकांश मानिसहरु घाईते र रेबिजका शिकार भईरहेका छन् । बढदो
कुकुरको संख्या घटाउन र रेबिजको उच्च जोखिममा रहेको यो जिल्लालाई रेबिज मुक्त बनाउन अभियान शुरु गरिएको
अधिकृत शाहले बताउनु भयो ।
kukur

कुकुर मारेर कुकुरको अन्त
नहुने तर रेबिज विरुद्धको खोपले रेबिज नियन्त्रण र बध्याकरण गर्दै कुकुरको संख्या घटाउन सकिने भएका कारण
पशु सेवा कार्यालयले हिमालयन एनिमल रेस्क्यु टिप ( हार्ट) नामक संस्थाको प्राविधिक सहयोगमा यो शिबिर
संचालन गरेको पशु कार्यायले जनाएको छ । एउटा पोथी कुकुरले सरदर ५ वटा बच्चा जन्माउछ ।

भालेलाई बध्याकरण गर्दा अन्यत्रबाट भाले आएर कुकुर जन्माउन सक्ने तर पोथीलाई
बध्याकरण गरे पछि बाहिरबाट आए पनि संख्यामा बृद्धि नहुने हुदा भालेभन्दा पोथी कुकुरको बध्याकरण बढि
गरिएको कार्यालयले जनाएको छ । मधेशका २२ जिल्ला मध्ये कुकुर बध्याकरण शिविर सञ्चालन गर्ने नवलपरासी
तेश्रो जिल्ला हो । पहिलो पटक झापा र दोश्रो पटक चितवनमा कुकुर बध्याकरण शिविर संचालन गरि सकिएको

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र