2026-07-11 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पहिलो पटक कृत्रिम पशु गर्भाधान सेवा सञ्चालन

2017-02-02

माघ २०, दार्चुला । जिल्ला पशुसेवा कार्यालय दार्चुला र चमेलीया बहुमुखी प्राविधिक कलेज गोकुलेश्वरको सहकार्यक्रमा दार्चुला जिल्लामा पहिलो पटक कृत्रिम पशु गर्भाधान सेवा सञ्चालन भएको छ । 

“पब्लीक प्राईभेट पार्टनसीप” कार्यक्रममा आधारित भई सरकारी र निजी संस्थाको सहकार्यमा दार्चुलाको गोकुलेश्वरमा सामुदायिक कृत्रिम पशु गर्भाधान केन्द्र स्थापना गरी पशुहरुको कृत्रिम गर्भाधान गर्न थालिएको हो ।

गोकुलेश्वरमा रहेको सामुदायिक कृत्रिम पशु गर्भाधान केन्द्रबाट पौष अन्तिम सातादेखि जमुनापारी जातको बाख्रा, जर्सी र होलीस्टीन जातको गाई र मुर्रा जातको भैसीँको कृत्रिम गर्भाधान सञ्चालन गरिएको चमेलीया बहुमुखी प्राविधिक कलेजका प्रिन्सीपल खीमप्रसाद सापकोटाले जानकारी दिए ।

उक्त केन्द्रमा वीर्य संरक्षणका लागि आवश्यक पर्ने लीक्वीड नाईट्रोजन ढुवानीमा केही असहज भएको बरिष्ठ पशुचिकित्सक डा. बसन्त बहादुर सिंहले बताए । लिक्वीड नाईट्रोजन ढुवानीका लागि जिल्ला पशु सेवा कार्यालय बैतडीसंग समन्वय गरि सहज बनाउन पनि पहल गरिरहेको डा. सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या