2026-09-18 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट महोत्सवमा हालसम्म एकलाख दर्शक

माघ २०, नुवाकोट । चौथो नुवाकोट महोत्सवमा छैटौँ दिनसम्म एकलाख दर्शकले अवलोकन गरेको महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

महोत्सवको पहिलो र दोस्रो दिन आधा जिल्ला बन्द रहेपनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो भने बन्द खुलेपछि झनै बढेको आयोजकले जनाए । 

बुधबार महोत्सवको सचिवालयमा भएको पत्रकारसम्मेलनमा महोत्सवको छैटौँ दिनसम्म एक लाख दर्शकले महोत्सव अवलोकन गरिसकेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा चौथो नुवाकोट महोत्सवका आयोजक समितिका संयोजक ताराबहादुर कार्कीले बताउनुभयो । 

उहाँका अनुसार बालबालिका र वृद्धलाई निःशुल्क र पहिलो दिन सबैलाई निःशुल्क प्रवेश गर्न दिइएको समेत हिसाब गर्दा एकलाख दर्शक पुगेको छ । “एक लाख दर्शकले अवलोकन गरिसकेका छन् । अझै पनि दिनहरु बाँकी रहेका छन् । महोत्सवमा सहभागी भएर महोत्सव सफल बनाइदिनु होला”, कार्कीले भन्नुभयो, “हाम्रा कमजोरी भएपनि औँल्याइदिनुहोला । महोत्सवमा आकर्षक र उत्कृष्ट कलाकार आउँदैछन् । जिल्लाको सबै क्षेत्रलाई समेट्ने प्रयास गरेका छौँ ।” 

पत्रकारसम्मेलनमा सङ्घका प्रवक्ता सन्तोष उप्रेतीले सामाजिक सञ्जालमा आइरहेका सल्लाह, सुझाव र प्रतिक्रियालाई समेत ध्यानमा दिएर सुधारसमेत गरेको बताउनुभयो । कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष राजन श्रेष्ठले महोत्सवलाई सफल बनाउन जिल्लाका सबै क्षेत्रले ध्यान दिनुपर्ने र सहभागिता जनाउनुपर्ने बताउनुभयो । 

माघ १४ देखि २४ गतेसम्म आयोजना गरिएको ११ दिने महोत्सवमा सवारीसाधन, लघु तथा घरेलु, हस्तकला, सेवामूलक संस्था, कृषि, पशु, माछा, स्थानीय उत्पादनहरु रुद्राक्ष, केराका परिकार, भूकम्प प्रतिरोधी घर बनाउने प्रविधिको जानकारी दिने लगायतका स्टलहरु महोत्सवमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई