पर्वत । पाँचौ पर्वत महोत्सवमा महिलामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा महिलामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बा"/>
२०८३, ८ बैशाख मंगलवार
पर्बत - PBT

महोत्सव परिसरभित्रै महिलामाथि दुव्र्यवहार भएको सार्वजानिक (भिडियोसहित)

२०७३, २० माघ बिहीबार ०५:१६

पर्वत । पाँचौ पर्वत महोत्सवमा महिलामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बालिकामाथि दुव्र्यवहार भएपछि स्टल व्यापारी आन्दोलित बनेका हुन् । महोत्सवको आठौ दिन राती एकाएक स्टलमा तोडफोड सहित बालिकामाथि दुव्यवहार भएको भन्दै स्टल व्यापारी स्टलनै बन्द गरी आन्दोलित बनेका हुन् ।  उनीहरुले सुरक्षाका लागि खटिएका प्रहरीबाटनै दुव्र्यवहार भएको बताएका छन् । एक महिलाले भनिन् प्रहरी हाम्रो सुरक्षाको लागि राखिएको होकि हाम्रा चेलीबेटीमाथि दुव्र्यवहार गर्नको लागि राखिएको हो । व्यापार छैन हामी घाटामा गएका छौं त्यसमाथि हाम्रा चेलीमाथि दुव्र्यवहार भन्दै उनीहरु आन्दोलित भएका हुन् । स्टलनै बन्द गरेका बसेका  व्यपारीले साँझ परेपछि मात्रै स्टल खुलेका थिए ।आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा देखिन थालेका छन् ।


आयोजकहरुमाथी आफना परिवार र आसेपासेलाई निशुल्क पास बाँड्ने देखी महोत्सवलाई लोकदोहोरी गायकहरुको  भेलामा परिणत गरेको आरोप लागिरहेको बेला महोत्सव स्थलमा रहेका स्टलहरुमा बस्ने महिलामाथी दुव्र्यवहार भएको घटना बाहिर आउनुले महोत्सवको बदनाम भएको छ ।रातपरेपछि महोत्सव तात्ने गरेको जनाउँदै आएको आयोजकले एकाएक महिलामाथि दुव्र्यवहार र अनुचित कार्य भएको बाहिर आउन थालेपछि रातपछि तात्ने महोत्सवको अर्थ यहि हो कि भन्ने भान हुन थालेको छ । महोत्सव स्थलकै सुरक्षामा लापर्बाही देखिएपछी आयोजकहरुको अकर्मण्यता माथि प्रश्न उठेको छ । सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरुबाटै गए राति स्टलमा सुतेकी महिलामाथी दुर्ब्यबहार गरिएको गम्भीर घटनाले जिल्लाको शान्ति सुरक्षाको उपहास भएको ठहर गर्दै स्थानीयले महिला माथी दुर्ब्यबहार गर्ने सुरक्षाकर्मी माथी तत्काल कडा कार्बाही गर्न सम्वद्ध निकायसंग माग समेत गरेका छन् ।

तत्काललाई घटना सामसुम पार्ने प्रयास गरिएपनि महोत्सव स्थल भित्रै महिलामाथि भएको दुर्ब्यबहारको चर्चा डढेलो झै फैलिएको अबस्था छ ।घटनालाई समाम्य पारिएको छ । थप विवतरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ