पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका "/>
2026-07-11 04:07 PM
पर्बत - PBT

महोत्सव परिसरभित्रै बालिकामाथि दुव्र्यवहार,स्टलव्यापारी आन्दोलित

2017-02-02

पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बालिकामाथि दुव्र्यवहार भएपछि स्टल व्यापारी आन्दोलित बनेका हुन् ।


महोत्सव परिसरको सुरक्षाको लागि खटिएका प्रहरी जवानले १४ बर्षिया बालिकामाथि अनुचित हर्कत गरेपछि उनी रुदै आफन्तसँग पुगेथिइन ।  उनको चिच्चाहवट आवाजले जम्मा भएका स्टल व्यापारीले प्रहरीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।


महोत्सवको आठौ दिन राती एकाएक स्टलमा तोडफोड सहित बालिकामाथि दुव्यवहार भएको भन्दै स्टल व्यापारी स्टलनै बन्द गरी आन्दोलित बनेका हुन् ।  उनीहरुले सुरक्षाका लागि खटिएका प्रहरीबाटनै दुव्र्यवहार भएको बताएका छन् । एक महिलाले भनिन् प्रहरी हाम्रो सुरक्षाको लागि राखिएको होकि हाम्रा चेलीबेटीमाथि दुव्र्यवहार गर्नको लागि राखिएको हो । व्यापार छैन हामी घाटामा गएका छौं त्यसमाथि हाम्रा चेलीमाथि दुव्र्यवहार भन्दै उनले आक्रोश व्यक्त गरिन् ।


बालिकामाथि अनुचित हर्कत गर्ने प्रहरी जवानलाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए । उनले उक्त घटनाबारे अनुसन्धान भैराखेको बताए । ट्यूटिको समयमा आरोपित प्रहरी जवानले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्टमा प्रमाणित भएको र दुव्र्यवहारको बारेमा भने अनुसन्धान भैराखेको भन्दै खनालले सिपाहीको नाम भने खुलाउन चाहेनन् ।  तर उनले सिपाहीलाई थुनामा राखी अनुसन्धान भैराखेको र दुव्र्यवहार प्रमाणित भए विभागीय कारवाही गर्ने बताए । महोत्सवमा बालिकामाथि दुव्र्यहबार भएपछि महोत्सवमा दर्शकको चाप पातलो हुदै गएको छ । महोत्सव यहि माघ २२ गते  सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो