७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणी सामुदायिक टेलिभिजन सम्मानित हुने

२६ फाल्गुन २०७२, बुधबार ०९:३५

फागुन २६, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजन
उत्कृष्ट संचारमाध्यम सम्मान २०७२ बाट सम्मानित हुने भएको छ । जिल्ला विकास समिति नवलपरासीले हरेक बर्ष
प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता सम्मानबाट यसबर्ष त्रिवेणी सामुदायिक टेलिभिजन सम्मानित हुने
भएको हो ।

नेपाल पत्रकार महासंघ नवलपरासीको मंगलवार कावासोतीमा
भएको बैठकले त्रिवेणी सामुदायिक टेलिभिजनलाई उत्कृष्ट संचारमाध्यामका रुपमा सम्मान गर्ने सर्बसम्मत
निर्णय गरेको थियो ।

फागुन २८ गते परासीमा हुने जिल्ला
विकास समिति नवलपरासीको २४ औ जिल्ला परिषदमा त्रिवेणी सामुदायिक टेलिभिजनका साथै पत्रकार नविन पौडेल र
हिमालदेव पंगेनीलाई समेत पुरस्कृत गरिने नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्माले
बताउनुभएको छ ।

स्थानीय विकास निर्माण लगायतका मुद्धाहरुलाई
शसक्त रुपमा उठाएका कारण त्रिवेणी सामुदायिक टेलिभिजनलाई संस्थागत रुपमा सम्मान गर्ने निर्णय गरिएको
अध्यक्ष शर्माले जानकारी दिनुभयो । सम्मानमा नगद तथा प्रमाणपत्र रहेको छ ।


त्यस्तै पत्रकार पौडेल कान्तिपुर टेलिभिजन र पंगेनी बिजय एफएम गैडाकोटमा आबद्ध रहनुभएको छ
। उता जिल्ला विकास समितिको २४ औं जिल्ला परिषदको तयारी अन्तिम चरणमा पुगेको छ ।

फागुन २८ गते परासी क्याम्पसमा हुने परिषद् का लागि बिषयगत तथा एकीकृत योजना तर्जुमा
गोष्ठी लगायतको तयारी पुरा भएको स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने