रानीपानी ,पर्वत, माघ, २०

विहादी वहुमुखी क्याम्पस स्थापनार्थ साथै नेपालतारा माविमा सञ्चालित प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि माघ १५ देखि २२ गतेसम्म सञ्चालित श्रीमद्भागवत् विराट ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रानीपानी ,पर्वत, माघ, २०

विहादी वहुमुखी क्याम्पस स्थापनार्थ साथै नेपालतारा माविमा सञ्चालित प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि माघ १५ देखि २२ गतेसम्म सञ्चालित श्रीमद्भागवत् विराट ज"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महायज्ञको छैटौँ दिन १ करोड ८१ लाख रकम सङकलन

२०७३, २१ माघ शुक्रबार ०६:४३

रानीपानी ,पर्वत, माघ, २०

विहादी वहुमुखी क्याम्पस स्थापनार्थ साथै नेपालतारा माविमा सञ्चालित प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि माघ १५ देखि २२ गतेसम्म सञ्चालित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको छैटौँ दिन १ करोड ८१ लाख रकम सङ्कलन भएको छ । जति धेरै दिन बित्दै जान्छन् त्यति धेरै महायज्ञका हरेक दृश्यहरु रोचक र मनोरम बन्दै गएको श्रद्धालु भक्तजनहरुको प्रतिक्रिया छ । “यो महायज्ञ अझै केही दिन बढी लम्बिए पनि हुन्थ्यो नि ।” भन्ने भक्तजनहरुको प्रतिक्रियाले आयोजकको मन गदगद बनाएको छ भन्दै मूल आयोजक समितिका अध्यक्ष होमनाथ पराजुलीले हर्षका आँसु बगाए । उनले दान भन्ने कुरा आफुसँग जे छ, जति छ त्यही र त्यति नै दिने हो, भक्तजनहरुको जिन्सी सामग्री, खाद्य सामग्रीको सहयोग उल्लेखनीय छ, १५ हजारभन्दा मुनिको नगद सहयोग र जिन्सी सहयोगका लागि महायज्ञस्थलमै घोषणा र सम्मान गर्दै आएका छौँ भन्दै सातौँ दिन अर्थात माघ २१ गते स्वास्थ्यमन्त्री गगन कुमार थापाको स्वागत र महायज्ञको विशेष निष्कर्षका लागि सबै श्रद्धालु भक्तजन, दाजुभाइ–दिदीवहिनीहरुलाई विशेष निमन्त्रणा समेत दिए । महायज्ञ मूल आयोजक समितिका सचिव तथा यसै विद्यालयका शिक्षक मुकुन्द पराजुलीका अनुसार रानीपानी ४ निवासी भूपू प्रधानपञ्च  तथा यसै विद्यालयका संस्थापक सदस्य स्व. कृष्णलाल पराजुलीकी धर्मपत्नी बालिका पराजुली र  छोराहरुले अघिल्लो दिनको रकममा थप गरी २ लाख २५ हजार ५ शय ५ दिएर हालसम्मकै सबैभन्दा बढी सहयोग गरी जेठा छोरा नमराज शर्मा छैटौँ दिनको सभानायक समेत हुनु भएको छ ।

रानीपानी २ हाल काठमाडौँ निवासी समाज सेवी, शिक्षाप्रेमी, भूपू विव्यस अध्यक्ष, ग्रामीण सामुदायिक विद्यतीकरणका अध्यक्ष महायज्ञ मूल आयोजक समितिका संयोजक लोकबन्धु शर्मा र धर्मपत्नी शारदा शर्माले यसै विद्यालयका संस्थापक सदस्य स्व. पिता कालीदास उपाध्याय र माता देवरुपा उपाध्यायको स्मृतिमा  १ लाख ५१ हजार १ शय ११ सहयोग गर्नु भएको छ । यसै गरी बर्राचौर ६ निवासी हाल पृथ्वी नारायण क्याम्पस पोखराका उपप्राध्यापक होमनाथ शर्मा पौडेलको परिवारले  १ लाख २२ हजार २ शय २२, रानीपानी ३ निवासी शिक्षाप्रेमी खोबनाथ, यमनारायण, देवी, विष्णु र दामोदर ज्ञवालीको परिवारले आफ्ना हजुरबुबा अग्निधर ज्ञवालीको स्मृतिमा १ लाख ११ हजार १ शय ११, वर्राचौर ३ निवासी यसै विद्यालयका शिक्षक ठाकुर पुरी र भाइहरुले मातापिताको नाममा १ लाख १ हजार १ शय १, रानीपानी २ हाल चितवन रामनगर निवासी शिक्षाप्रेमी यसै विद्यालयका भूपू विद्यार्थी जीवनाथ पराजुलीले ५१ हजार १ शय ११, रानीपानी २ हाल वुटवल निवासी समाजसेवी यसै विद्यालयका भूपू विद्यार्थी टंक पराजुलीले ५१  हजार १ शय ११, रानीपानी १ निवासी समाजसेवी तथा जग्गादाता परिवारकी जमुना कुँवरले आफ्ना स्व. पति हर्कबहादुर कुँवरको स्मृतिमा ५१ हजार १ शय ११, बर्राचौर निवासी खड्कराज गिरीले स्व. मातापिताको स्मृतिमा ५१ हजार १ शय ११, बाच्छा ३ निवासी समाजसेवी भिम बहादुर खड्काले ५१ हजार १ शय, रानीपानी ३ निवासी मनमाया क्षेत्रीले आफ्ना स्व. पतिको स्मृतमा ५१ हजार ५, रानीपानी ३ निवासी कोपिला क्षेत्रीले आफ्ना स्व. पतिको स्मृतिमा ५१ हजार, रानीपानी ३ निवासी उद्यमी भोजबहादुर क्षेत्री र लक्ष्मी क्षेत्रीले ५० हजार ५ शय ५, बर्राचौर ९ निवासी समाजसेवी गोबानन्द गिरीले  २५ हजार १ शय २५, बर्राचौर ७ निवासी आरती कुँवरले १५ हजार ५ र बर्राचौर २ हाल काठमाडौँ निवासी शिक्षाप्रेमी टेकनारायण ढकालले १५ हजार सहयोग गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ