७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दिब्यज्योति बहुमुखी क्याम्पसको संचालक समितिमा टिकाराम शर्मा चयन

१ चैत्र २०७२, सोमबार १२:०१

चैत १, नवलपरासी । दिब्यज्योति बहुमुखी
क्याम्पस चिसापानीको संचालक समिति अध्यक्षमा टिकाराम शर्मा आचार्य चयन हुनुभएको छ । त्रिभुवन
विश्वबिद्यालयको उपकुलपतिको कार्यालयले शर्मालाई अध्यक्षमा मनोनयन गरेको छ । त्रिभुवन विश्वबिद्यालयको
माघ २८ गतेको निर्णय बमोजम शर्मा अध्यक्ष हुनुभएको हो । मनोनयन पत्रमा प्राध्यापक डाक्टर ऋदेश कुमार
पोखरेलको हस्ताक्षर रहेको छ ।

त्यस्तै आफु क्याम्पसमा मनोनयन
भएपछि अध्यक्ष शर्माले आफुले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि कार्य गर्ने प्रतिबद्धता
जनाउनुभएको छ ।

उता क्याम्पस संचालक समितिको बैठक विना
अध्यक्षमा शर्मा चुनिएको भन्दै संचालक समितिका सदस्यहरुले असन्ुतष्टी ब्यक्त गरेका छन् । नेकपा
एमालेबाहेक अन्य दलबाट क्याम्पसमा प्रतिनिधित्व गर्दै आएका संचालक समिति सदस्यहरुले क्याम्पस संचालक
समितिको सिफारिस बिनानै नया संचालक समिति सिफारिस गरिएको भन्दै असन्तुष्टी ब्यक्त गरेका हुन ।

शर्माको मनोनयन संचालक समितिमै छलफल नगरी भएको हुदाँ उक्त निर्णयबाट
संचालक समितिको मानहानी भएको संचालक समिति सदस्य डालाराज पाण्डेको भनाई छ । त्यस्तै क्याम्पस संचालक
समितिमा छलफल नगरी मनोनयन गरिएको प्रति नेपाली कांग्रेस सहितको अन्य साना ११ दल पनि असन्तुष्ट रहेको
बुझिएको छ ।

उता क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले भने रजत
महोत्सव समापन कार्यक्रमका दिन समापन पश्चात संचालक समितिको बैठक बसी अध्यक्षका लागि तीनजनाको नाम
सिफारिस गरिएको दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गर्मीमा फोन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु ,नभए दुर्घटना हुन सक्छ ………. विद्युतीय अपराध सम्बन्धी कसुरमा गाउँपालिका अध्यक्ष पक्राउ कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएको : योगेश भट्टराई जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट पौडेललाई बनाउने सहमति वनमन्त्री शाही चीन प्रस्थान ‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर