४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको तराई क्षेत्रमा आज मनाईँदै होली

१० चैत्र २०७२, बुधबार ०२:०५
nawalaparasiचैत १०, नवलपरासी ।  प्रत्येक वर्षको फागुन
शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी क्षेत्रमा मंगलबार भव्यताका साथ मनाइएको छ ।
नवलपरासीका १७ पहाडि गाविसहरुमा पनी मंगलबार हर्षोल्लासका साथ होली पर्व मनाईएको छ ।
तराईमा आज धुमधामका साथ
मनाइदै छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन
बनाएर होली पर्व मनाइन्छ ।
नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति
भएको संस्कृतिविद हरिराम जोशी बताउनुहुन्छ ।होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ ।
राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलिआएको हो
। स–साना बच्चादेखि वृद्धवृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् ।
होलीको दिन पुरानो कटुता समाप्त गरेर र दुस्मनी
बिर्सेर एकआपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ । फागुपूर्णिमाका अवसरमा पहाडदेखि तराई र गाउँदेखि
सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हुल तथा जत्था हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै,
बजाउँदै, रमाइलो र होहल्ला गर्दै उत्साह र उमङ्गका साथ रङ्गीन पर्वका रूपमा मनाउने गरिन्छ
सत्ययुगमा
भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि
हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा
भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व
मनाइने गरिएको हो ।
होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक
मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा
रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
ोलीको अवसर पारेर रेडियो सामथ्र्य ९२.१
म्ोघाहर्जले भोली होली उत्सव ताथ घैटो फुटाई एवम् शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
रेडियो प्राङगणमा विहान १० बजेबाट कार्यक्रम शुरु हुनेछ ।
कार्यक्रममा सहभागि भई होली पर्वलाई रेडियो सामथ्र्यसंग हर्षउल्लासका साथ मनाउन रेडियो
सामथ्र्यका प्रबन्ध निर्देशक सागर पाख्रेल सबैमा आग्रह गर्नुभएको छ ।
यता होलीको वेला हुन सक्ने सम्भाव्य घटना
दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा वयस्था कडा पारिएको जिल्ला प्ररी कार्यालय नवलपरासीले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त