Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २२ गते, दिउँसो १:०७ बजे
पर्बत - PBT

पाँचौ पर्वत महोत्सव सकियो

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव

शनिवार सकिएको छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव चर्को आलोचनाका विच शनिबार सकिएको हो ।

महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मकै आलोचित र आरोपित बनेपछि महोत्सवको समापन समारोहमा जिल्लाका १६ दलका कुनै पनि प्रमुख तथा प्रतिनिधि सहभागी हुन भने सकेनन् ।

राजनीतिक दलहरुको समापान समारोहमा सहभागीता नहुनुले पनि महोत्सवलाई खल्लो तुल्याएको थियो । आलोचित भएको महोत्सवको समापन समारोहमा जिल्लाका कुनै पनि दलहरु सरिक नहुनुले महोत्सवमा के भयो र उद्घाटनमा सरिक भएका राजनीतिक दलहरु समापनमा सरिक हुन सकेन भन्ने थप प्रश्न उब्जाएको छ ।

विगतका महोत्सवमा आर्थिक पादर्शीता नहुने गरेकोले चर्चामा आएता पनि महोत्सव शुरु भएदेखि समापन हुनुपूर्व सम्म महोत्सवमा भएका अनुचित कार्य र आयोजकले गरेको नाताबाद र क्रिपाबादको परिणाम दलहरुले बहिष्कार स्वरुप समापन समारोहमा सरिक नभएका हुन कि भन्ने कतिपयले आकलन गरेका छन् ।

महोत्सवको समापन जिल्ला न्यायधिस माधवराज भट्टराइले गरेका थिए । उनले महोत्सवलाई सफल बनाउनको लागि सफल भएको भन्दै आयोजकलाई बधाई दिए ।

महोत्सवमा २ लाख दर्शक भित्रिने र ४ करोडको कारोबार हुने आयोजकले दाबी गर्दै आएता पनि महोत्सव समापन हुदाँ सम्म ५० हजार भन्दा बढी दर्शकले अबलोकलन गरेको अनुमान गरिएको छ ।

महोत्सव मुल आयोजक समितिका सचिव ठाकूर वि पौडेले महोत्सवमा झण्डै तीन करोड बराबरको कारोबरा भएको बताएका छन् । उनले महोत्सवमा टिकटबाट झण्डै २१ लाख रकम संकलन भएको बताए । जिल्लका सवै गाउँविकास समिति, सरकारी कार्यालय, विभिन्न एनजिओ, बैकलाई समेत सहआयोजकका रहेका थिए । पर्वत उद्योग बाणिज्य संघको मुल आयोजनामा  हरेक तीनतीन बर्षमा महोत्सवको आयोजना हुदै आएको छ । महोत्सव सकिएसँगै महोत्सवको आर्थिक आयव्यय कहिले र कति समयभित्र सार्वजानिक हुन्छ भन्ने प्रश्न उठेको छ । विगतका बर्षमा भएका महोत्सवका आयव्यय ढिलो गरी सार्वजनिक हुने र  घाटामा डुबेकेको देखाउदै आइरहेको बेलामा महोत्सव सकिए सँगै आर्थिक आयव्यय सार्वजानिको कुरा उठेको छ ।

महोत्सवमा स्टल राखेर बसेका व्यापारीका सामाग्री चोरी देखि स्टल तोडफोड भएको खबर बाहिर आएको छ । तर यस विषयमा आयोजक मौन बसेको छ ।