प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार ल"/>
2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पत्रकारको कलम र ढाँड ‘भाँच्ने’ धम्की

प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार लेखेको प्रति आक्रोस जनाउदै उनले सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो धम्की दिएका हुन् । 

पछिल्लो एक सातादेखी संचार माध्यमहरुले जोरायल क्षेत्रमा अबैध रुपमा भैरहेको वन फँडानीका सन्दर्भमा समाचारहरु प्रकाशित गरिरहेका छन् । जसमा डिसिको पनि संलग्नता रहेको आशयका समाचारहरु प्रकाशित/प्रशारित भएका छन् । जसको बिरुद्धमा उनले यस्तो गम्भीर धम्की दिएका हुन् । उनले फेसबुकमा आफु निर्दोश रहेको जनाउदै धम्कीपूर्ण रुपमा लेखेका छन् । ‘तिमिहरु जे सक्छौ गर, तर दोषिलाई निर्दोष र निर्दोलाई दोषि प्रमाणित गर्ने कोसिस नगर । नत्र कलम भाँचिन सक्छ, ढाँड खुस्क्याईन सक्छ ।’ यससंगै आफु रोल्पामा जन्मिएको र दाङको मानिस रहेको पनि धम्कीपूर्ण तवरबाट उल्लेख गरेका छन् । जुन पत्रकारलाई आतंकित पार्ने किसिमको अभिब्यक्ति हुन् । 

उनको यस धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनीबार एक बिज्ञेप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ ।उनको यस धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनीबार एक बिज्ञप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम संयोजक प्रकाश बिक्रम शाहले धम्कीले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अहिलेको समयमा पत्रकारको कमल र ढाँड भाँच्छु भन्ने अभिब्यक्तीले पत्रकारिता आतंकित हुने भन्दा पनि झन शसक्त भएर अघि बढ्ने प्रतिक्रिया दिए । साथै डिसिको फेसवुकको स्टाटसको सवैतिरवाट विरोध आइरहेको छ ।

तश्विरमा: धम्कि दिने सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसी |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई