2026-09-18 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पाताभारमा घरबास सञ्चालन

माघ २३, गुलरिया (बर्दिया) | जैविक विविधताले भरिपूर्ण पाताभारको जनकनगरमा सिमसार दिवसका अवसरमा घरबास सञ्चालन भएको छ । 

निकुञ्जको सामिप्यतामा रहेको जनकनगरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी बर्दिया राष्ट्रिय निकुञ्ज, जुलोजिकल सोसाइटी अफ लन्डन, पाताभार उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया र लिभिङ टाइगरको सहयोगमा घरबास सञ्चालन गरिएको तिलकराम थारुले बताउनुभयो । यहाँ आउने पर्यटकका लागि वन्यजन्तु अवलोकन र कर्णालीमा जलयात्रा पनि गराइने छ । 

दुई सय ९५ घरधुरी भएको चुरे पहाडको सिरानमा रहेको जनकनगर वातावरणीय दृष्टिकोणले पनि अत्यन्त रमणीय स्थान मानिन्छ । संरक्षण क्षेत्रमा थप टेवा पु¥याउने उद्देश्यका साथ पहिलो चरणमा १० घरमा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले बताएको छ । 

एकाउन्न प्रतिशत थारु बाहुल्य रहेको बर्दियाको पाताभारमा थारु खानाको परिकार, थारु संस्कृति र पारिवारिक वातावरण उपलब्ध गराइने घरबासका कोषाध्यक्ष शान्ति चौधरी बताउनुहुन्छ । स्थानीय संस्कृति र पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले नै घरबास सञ्चालन गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई