Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डडेल्धुराको भित्रि मद्येश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतो फैलियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/c74bc295e64e2a4a1b6b19d00e8caa8e1486295102.jpg" style="width: 540px; float: left;"><b>माघ २३, डडेल्धुरा |</b> डडेल्धुरा जिल्लामा पछिल्लो समयमा लुतो फैलिएको छ । अहिले जिल्लाका बिभिन्न ठाँउहरुका साथै बिशेष गरि भित्रिमधेश क्षेत्रको दुर्गम वस्तिहरुमा लुतोको उच्च प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।&nbsp;<br></p><p>परशुराम नगरपालिकाको सेना, मलास, बस्यौटी लगायतका दुर्गम वस्तिहरुमा लुतोको बढी प्रकोप फैलिएको स्वास्थ्य प्रमुख बृषबहादुर शाहीले जानकारी दिनु भएको छ । सार्काेप्टिस स्क्याबी नामको जीवाणुका कारण हुने लुतो रोग तुलनात्मक रूपमा चिसो समयमा कम सरसफाई हुने भएकाले बढी फैलिने गर्दछ । समय–समयमा ननुहाउने, लुगा नफेर्ने, फोहोर बिछ्यौनामा सुत्नेहरूलाई यो रोग बढ्ता लाग्ने प्रमुख शाहीको भनाइ छ । यो जीवाणुले वयस्क भन्दा बालबालिकालाई बढ्ता आक्रमण गर्ने जनाइएको छ ।&nbsp;</p><p>व्यक्तिगत सरसफाईमा ध्यान दिए लुतोबाट जोगिन सकिने भन्दै लुतो फैलनबाट रोक्न सरसफाईमा बिशेष ध्यान दिन आग्रह समेत गरिएको छ ।</p>