सागर शर्मा | माघ २३, प्युठान | प्युठानकि सामाजिक अगुवा   महिला अधिकारकर्मि  पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | माघ २३, प्युठान | प्युठानकि सामाजिक अगुवा   महिला अधिकारकर्मि  पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका &n"/>

2026-11-02 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा छोरीहरुले गरे बुवाको काजक्रीया

सागर शर्मा | माघ २३, प्युठान | प्युठानकि सामाजिक अगुवा महिला अधिकारकर्मि पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका  छन् ।

हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् । आचार्यका ७ भाइबहिनी  कोरा भित्र क्रीया बसेका छन । बाबुलाई दागबत्ती दिने र किरिया बस्ने पार्बता र उनका ५ बहिनी  महिला  अविवाहित हुन्

आफ्ना आमाबाबुको मृत्यु पश्चात छोराहरु कोरा पसेर क्रिया गर्ने प्रचलन रहेपनि उनि आफ्ना भाइबहिनी संगै एउटै कोरामा क्रिया गरिरहेकी छिन् । प्युठान नगरपालिका -१९ खैरा निबासी उन्का बृद्ध बुवा चक्रपाणी आचार्य को  ८४ बर्षको उमेरमा  निधन भएपछि भाइ संगै छोरीहरु पनि क्रीया बसेको पण्डित कृष्ण पौडेलले जानकारी दिए। उनले महिलाहरु पनि क्रीया बस्न सक्ने बताउदै भने,” धर्ममा महिलालाइ क्रीया बस्न हुदैन भनेर रोक लगाइएको छैन।” अशुद्ध हुने भन्दै महिलाहरु महिनावारी भएका बेला भने क्रीया बस्न नहुने उनको तर्क छ।समाजमा महिलाहरुले मृत शरीरलाई छुन नहुने,किरिया बस्न नहुने  परम्परा कायम रहँदै गर्दा आचार्यका बहिनिहरुले समेत भाइसंगै बुवाको दागबत्ती दिएका छन। महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि अब त्यो अन्त्य भएको नागरिक समाजका अगुवाहरु बताउँछन।

आफ्नो बुवाको निधनपछी छोरिहरुले पनि  क्रीया गरेको यो खैराको पहिलो घट्ना हो । समुदायमा छोरा नहुने परिवारहरुको हकमा दाइभाइ उनिहरुको छोरा र त्यो पनि नभए छोरीज्वाइंले काजक्रीया गर्ने संस्कारलाइ पार्बताका ६ बहिनिको सहासले चुनौती दिइएको छ।

लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाहरुको रेखदेखका साथै मृत्युपछी गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा पार्बतालाइ लिन सकिने स्थानिय सामाजिक अगुवाहरुको भनाइ छ।

यो कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन  ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको सामाजिक अगुवा पार्बताले बताइन।

सुरुमा आफू मात्रै क्रीया गर्छु भन्दा बहिनीहरुले नमानेपछी सबै जना क्रीया बसेको उनले बताइन।

समाजमा हुने विकृति विसङ्तिलाई उजागर गर्न र छोरी पनि छोराभन्दा कमी छैनन् भन्ने उद्देश्यले पनि बाबुलाई दागबत्ती दिएर  काजकिरिया गरिरहेको सुनाइन।

बाबुको काजमा बसिरहेकी  ४० बर्षिया पार्बता आचार्य लामो समय देखि गैरसरकारी,महिला,मानवअधिकार र सामाजिक क्षेत्रमा क्रीयाशिल रहदै आएकी छन।स्थानिय शान्ती समिती प्युठानकी संयोजक रहेकी आचार्य महिला सहयोग मन्च प्युठान कि निबर्तमान अध्यक्ष, एमनेष्टी इन्ट्रनेशनल नेपालकी केन्द्रीय सदस्य र गैरसरकारी संस्था महासंघकी केन्द्रीय उपाअध्यक्ष हुन।

यहि माघ १६ गते निधन भएका पौडेलको २८ गते तेह्र  दिनमा सुद्धिकार्य हुने पारिवारिक श्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द