सागर शर्मा | माघ २३, प्युठान | प्युठानकि सामाजिक अगुवा   महिला अधिकारकर्मि  पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका &n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | माघ २३, प्युठान | प्युठानकि सामाजिक अगुवा   महिला अधिकारकर्मि  पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका &n"/>

2026-07-11 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा छोरीहरुले गरे बुवाको काजक्रीया


सागर शर्मा | माघ २३, प्युठान | प्युठानकि सामाजिक अगुवा महिला अधिकारकर्मि पार्बता आचार्य सहित उनको १ भाइ र ६ बहिनी आफ्नो दिबंगत बुवाको सामुहिक क्रिया बसेका  छन् ।

हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका हुन् । आचार्यका ७ भाइबहिनी  कोरा भित्र क्रीया बसेका छन । बाबुलाई दागबत्ती दिने र किरिया बस्ने पार्बता र उनका ५ बहिनी  महिला  अविवाहित हुन्

आफ्ना आमाबाबुको मृत्यु पश्चात छोराहरु कोरा पसेर क्रिया गर्ने प्रचलन रहेपनि उनि आफ्ना भाइबहिनी संगै एउटै कोरामा क्रिया गरिरहेकी छिन् । प्युठान नगरपालिका -१९ खैरा निबासी उन्का बृद्ध बुवा चक्रपाणी आचार्य को  ८४ बर्षको उमेरमा  निधन भएपछि भाइ संगै छोरीहरु पनि क्रीया बसेको पण्डित कृष्ण पौडेलले जानकारी दिए। उनले महिलाहरु पनि क्रीया बस्न सक्ने बताउदै भने," धर्ममा महिलालाइ क्रीया बस्न हुदैन भनेर रोक लगाइएको छैन।" अशुद्ध हुने भन्दै महिलाहरु महिनावारी भएका बेला भने क्रीया बस्न नहुने उनको तर्क छ।समाजमा महिलाहरुले मृत शरीरलाई छुन नहुने,किरिया बस्न नहुने  परम्परा कायम रहँदै गर्दा आचार्यका बहिनिहरुले समेत भाइसंगै बुवाको दागबत्ती दिएका छन। महिलाहरूले शवलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा कायम रहँदै आएको भएपनि अब त्यो अन्त्य भएको नागरिक समाजका अगुवाहरु बताउँछन।

आफ्नो बुवाको निधनपछी छोरिहरुले पनि  क्रीया गरेको यो खैराको पहिलो घट्ना हो । समुदायमा छोरा नहुने परिवारहरुको हकमा दाइभाइ उनिहरुको छोरा र त्यो पनि नभए छोरीज्वाइंले काजक्रीया गर्ने संस्कारलाइ पार्बताका ६ बहिनिको सहासले चुनौती दिइएको छ।

लिङ्गको आधारमा छोरा र छोरिहरुले पनि आफुलाइ जन्मदिने बुवाआमाहरुको रेखदेखका साथै मृत्युपछी गरिने संस्कारमा सहभागी हुन सक्छन भने उदाहरणको रुपमा पार्बतालाइ लिन सकिने स्थानिय सामाजिक अगुवाहरुको भनाइ छ।

यो कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रीया छोराहरुले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन  ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको सामाजिक अगुवा पार्बताले बताइन।

सुरुमा आफू मात्रै क्रीया गर्छु भन्दा बहिनीहरुले नमानेपछी सबै जना क्रीया बसेको उनले बताइन।

समाजमा हुने विकृति विसङ्तिलाई उजागर गर्न र छोरी पनि छोराभन्दा कमी छैनन् भन्ने उद्देश्यले पनि बाबुलाई दागबत्ती दिएर  काजकिरिया गरिरहेको सुनाइन।

बाबुको काजमा बसिरहेकी  ४० बर्षिया पार्बता आचार्य लामो समय देखि गैरसरकारी,महिला,मानवअधिकार र सामाजिक क्षेत्रमा क्रीयाशिल रहदै आएकी छन।स्थानिय शान्ती समिती प्युठानकी संयोजक रहेकी आचार्य महिला सहयोग मन्च प्युठान कि निबर्तमान अध्यक्ष, एमनेष्टी इन्ट्रनेशनल नेपालकी केन्द्रीय सदस्य र गैरसरकारी संस्था महासंघकी केन्द्रीय उपाअध्यक्ष हुन।

यहि माघ १६ गते निधन भएका पौडेलको २८ गते तेह्र  दिनमा सुद्धिकार्य हुने पारिवारिक श्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ