Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २१ गते, बिहान १०:१४ बजे
नवलपुर - NWL

नवलपरासीको सुनवल हाटबजारमा भएको झडपलाई तस्बिरमा हेर्नुस्

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

लक्ष्मी पौडेल/चैत २१, गैडाकोट । हाटबजार सार्ने बिषयमा
बिबाद हुदाँ नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबिच झडप भएको छ ।

झडपमा एक दर्जनभन्दा बढी घाईते
भएका छन् । सुनवल चोकको उत्तरतर्फ चल्दै आएको आईतबारे हाटबजार सुनवल नगरपालीकाले नदुवाटोलमा सार्न
खोजेपछी स्थानीयबासीन्दा, ब्यापारी र प्रहरीबिच झडप भएको हो ।
nawalparasi sunwolझडपका क्रममा
प्रहरीले लाठीचार्ज र ६ सेल अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा स्थानीय देवी धिमिरे, यमप्रसाद
चापागाई, यमकुमारी चापागाइर्, रिता कवर, चन्द्रीका ढेगा, यमकुमारी सुर्यवंसी, घनश्याम श्रेष्ठ लगायतका
स्थानीय घाईते भएका छन् ।

यस्तै प्रहरी तर्फ पनी ४ जना घाईते भएको ईन्सपेक्टर योगेन्द्र तिमिल्सेनाले
जानकारी दिएका छन् । सुनवल नगरपालीकाले स्थानीय र व्यापारीसंग सल्लाह नै नगरी एकलौटी रुपमा बजार सार्न
खोजेको आरोप स्थानीय तथा व्यापारीको छ ।
sunwal nawalparasiव्यापारीले ३ महिनाको समय दिए आफै उपयुक्त स्थानमा सर्ने बताएका छन् ।
तर नगरपालिकाका अधिकृत माधवप्रले भने बजारक्षेत्रमा हाटबजार भएको र नगरपालीकाको सेवा प्रबाहमा असर परेको
भन्दै तत्काल हटाउने अडान लिएका छन् ।

 

– तस्बिर स्रोतः मनिष
लामिछाने