Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २२ गते, बिहान ११:५१ बजे
नवलपुर - NWL

नवलपरासीको परासीमा यसरी सुरुभयो ट्राफिक चेकजाँच अभियान

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, परासी ।
नवलपरासीको सदरमुकाम परासीमा आजबाट सचेतनामुलक ट्राफिक चेकजाँच अभियान सुरुभएको छ । सवारी दुर्घटना
न्युनिकरणका लागी एक्लो प्रयासबाट मात्रै सम्भव नहुने भन्दै स्थानिय नागरिक समाज, पत्रकार, यातायात
व्यवसायी र समाजसेवीहरुको टोलीले सवारी साधनहरु चेकजाँच र ट्राफिक नियम सिकाउने अभियान सुरु गरेको हो

parasi 1सवारी
चालकहरुले ट्राफिक नियम उलंघन गर्ने, हेलिमेट, मापसे, कागजपत्र, ओभर लोड र स्पिडलाई ट्राफिकले मात्र नभई
अब नागरिक समाज, पत्रकार, यातायात व्यवसायीहरु समेतले पनि चालकलाई सचेत गराउने र चेकजाँच गर्ने
जिम्मेवारी रहेको ट्राफिक प्रहरी नायव निरिक्षक कृष्ण पाण्डेले जानकारी दिए ।



पछिल्लो समय ट्राफिक नियम पालना नगर्दा
दुर्घटना बढेको कारण प्रहरीले नियमित सचेतनामुलक छडके चेकजाँच गर्ने पार्कीगहरुको व्यवस्थापन गर्ने र र
ट्राफिक व्यवस्थापन प्रभावकार बनाउन नागरिक समाज, यातायात व्यवसायी, विद्यार्थीहरुलाई समेत परिचालन गरि
सवारी चालकहरुलाई प्रशिक्षण दिने कार्य गरको हो ।
parasi

तस्बिर स्रोतः मोहन
पौडेल