2026-07-11 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा महायज्ञबाट १३ लाख नगदसहित छ लाखको जिन्सी संकलन

2017-02-07

माघ २५, नवलपरासी । नवलपरासी, देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञमा रु साढे १३ लाख नगद र करिब रु छ लाख बराबरको जिन्सी सङ्कलन भएको छ । 

यही माघ १४ गतेदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म चलेको थियो । सो ट्रस्टले सञ्चालन गरेको पशुपति साङ्गवेद आवासीय संस्कृति माविमा पढ्ने करिब सय वटुकका लागि एक वर्षभरि भोजन भण्डारा चलाउन सो महायज्ञ गरिएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो । त्यहाँ वटुकका लागि आवासको ठूलो समस्या रहेको बताइएको छ । यस क्षेत्रका भक्तजनको पितृउद्धार गर्ने उद्देश्यले सो भण्डारा चलाइने छ । 

महायज्ञकै अवसरमा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बाँस्तोला‘संहिताशास्त्री’ले आफ्नो करिब रु आठ लाखको लागतमा सो माविमा संहिताशास्त्री कक्ष निर्माणका लागि शिलान्यास पनि गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ