नवलपरासीका क्रसर व्यवसायीहरुको प्रतिवेदन अध्ययन हुँदै

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ २५, नवलपरासी । नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् ।

एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुक्त रुपमा बुझाएको प्रतिवेदनमाथि अनुगमन तथा छानविन समितिले अध्ययन गर्ने स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

जिविसले छानविन नगरेसम्म जिल्लाका क्रसर उद्योग ठप्प रहने उहाँले बताउनुभयो । जिल्लामा रहेका १२ वटा क्रसर उद्योगमा ८ लाख ७ सय ५९ घनमिटर नदीजन्य वस्तु मौज्दात रहेको जिल्ला स्तरीय अनुगमन समन्वय समितिले अनुगमनका क्रममा भेटाएको थियो ।

व्यवसायीहरुले जिविसले अनुगमनका क्रममा भेटाएको त्यस्तो वस्तुको परिमाण भनिएको भन्दा करिव २ लाख घनमिटर कम मात्रै आफूहरुसँग रहेको बताएका छन् । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply