दिनेश ठकुल्ला | माघ २५, धनगढी | जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको होटलमा अश्लिल कार्य गर्ने महिला पुरुष तथा होटल सञ्चालकलाई पक्राउ गरी उनीहरु विरुद्ध सार्वजनिक मु"/>
दिनेश ठकुल्ला | माघ २५, धनगढी | जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको होटलमा अश्लिल कार्य गर्ने महिला पुरुष तथा होटल सञ्चालकलाई पक्राउ गरी उनीहरु विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
प्रहरीले मिलन चौकमा रहेको अपी नाम्पा होटल र चौराहामा रहेको नयाँराम होटलबाट चार महिला र चार पुरुषलाई अश्लिल कार्य गरेको अभियोगमा पक्राउ गरेको हो । प्रहरीले दुवै होटलका मालिकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्ने पुरुषहरु विवाहित, अविवाहित दुवै रहेको र महिलाहरु सबै अविवाहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
यौनजन्य क्रियाकलामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच, धनगढी उपमहानगरपालिका–२ स्थित बियर डान्समा मादक पदार्थ सेवन गरेर राति होहल्ला गर्ने १२ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु सबै विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । – फाइल फोटो