Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २६ गते, दिउँसो १:४८ बजे रामेछाप - RMC, समाज

रामेछापमा जेसिबि दुर्घटना हुँदा एक जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>प्रज्वल पाैडेल। माघ २६,रामेछाप ।</b><br></p><p>रामेछापमा जेसिवि डाेजर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुधबार विहान बा.२ क ४७६० नम्बरको जेसिवि रस्नालु -२ धारापानि सुर्केमा दुर्घटना हुँदा जेसिविको सह-चालक रस्नालु – १ का १९ बर्षिय सोनाम शेर्पा घाइते भएका हुन् ।</p><p>उनकाे टाऊकोमा चोट लागेकाेले उपचारका लागि दाेलखा जिरी लगिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । रस्नालु गाविसबाट बेताली गाविस तर्फ गई रहेको साे जेसिवि सडकबाट करिब २००-३०० मिटर तल खसेकाे थियाे । जेसिवि चालक घटनास्थलबाट फरार रहेकाे प्रहरीले जनाएकाे छ ।</p>