अमृत बास्तोला | माघ २६, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” को बुधबार दोस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमृत बास्तोला | माघ २६, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” को बुधबार दोस"/>
2026-07-25 05:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

रजत महोत्सवमा ५० लाख पुर्याउने विद्यालयको लक्ष्य

अमृत बास्तोला | माघ २६, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयको “२५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सव–२०७३” को बुधबार दोस्रो दिन अक्षयको दाताहरुलाई सम्मान सहित विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन भएका छन् । “गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन अक्षयकोष अभियान सहित रजत महोत्सव विद्यालयले संचालन गरिरहेको छ । 

विद्यालयमा अंग्रेजीमा माध्यम र कम्प्यूटर शिक्षा संचालनका लागि हाल सम्म ४ सय ७२ जना दाताहरुले विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिनु भयो । रजत महोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्न आउने दाताहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ । 

महोत्सवबाट ५० लाख रुपैया सम्म अक्षयकोष स्थापना हुन सक्ने विद्यालयले लक्ष्य लिएको प्रधानाध्यपक ईङनामले जानकारी दिनु भयो । अक्षषकोषको ब्जायबाट विद्यलायमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालयले जनाएको छ । 

विद्यालयमा सबै भन्दा ठूलो अक्षयकोष ताप्लेजुङको हाम्पाङ गाविस घर भई हाल तेह्रथुमको ईवा गाविस निवासी तेजमान याक्सो र सेविका याक्सोका दम्पतिले १ लाख ५० हजार ५ सय ५५ रुपैया स्थापना गरिदिएका छन् । समाजसेवी दाता याक्सो दम्पतिले आफ्ना स्वर्गीय बुबा, आमा आइतविर याक्सो र सावित्रा साँवा याक्सोको पून्य स्मृतीमा अक्षयकोष स्थापना गर्नु भएको हो । 

विद्यालयमा १ हजार रुपैया देखि माथि समाजसेवी दाताहरुले अक्षयकोष स्थापना गरेका छन् । सोही अवसरमा विभिन्न राशिका अक्षयकोष स्थापना गर्ने दर्जनौं दाताहरुलाई चाँदीको रजत महोत्सव मेडल सहित, सम्मान पत्र, पूmलमाला, दोसल्ला, खादा र अविरले सम्मान गरिएको छ । 

विद्यालयमा संस्थापक, स्थानीय अभिभावक, शिक्षक, विभिन्न गाविसका शिक्षाप्रेमी, समाजसेवी, प्रवासी नेपाली र छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, संखुवासभा सहित ईलाम, झापा, मोरङ, र काठमाण्डौ लगायतका जिल्लाहरुबाट दाताहरुले अक्षषकोष स्थापना गरिदिएका छन् । 

महोत्सवको दोस्रो दिन प्रतियोगीतात्मक कार्यक्रमहरु अन्र्तगत खुल्ला कविता प्रतियोगीता, आधारभूत तह स्तरीय लोक नृत्य प्रतियोगीता संचालन भएका छन् । खेलकुद अन्र्तगत आधारभूत तह स्तरीय पुरुष पूmटबल खेलको उद्घाटन शिक्षक कर्मचारी र अभिभावक बिच भएको छ । उद्घाटन खेलमा २ गोल गर्दै शिक्षक कर्मचारी टिम विजयी भएको छ, भने अभिभावकको टिम पराजित भएको छ । पाँच दिन सम्म संचालनहुने रजत महोत्सवमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक