१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जघन्य अपराधमा संलग्न माओवादी पूर्व लडाकु पक्राउ

२६ माघ २०७३, बुधबार १४:०३

दिनेश ठकुल्ला | माघ २६, धनगढी । अपहरण, हत्या, लुटपाट जस्ता जघन्य अपराधमा संलग्न भइ फरार रहेका माओवादी पूर्व लडाकु धनबहादुर राना अविरल पक्राउ परेका छन् । 

उनलाई क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिम टीमले बैलौरी नगरपालिका वडा नम्बर ८ पराउ भन्ने स्थानबाट पक्राउ गरेको हो । उनी आफनै घरमै लुकिछिपी बसी रहेको अवस्थामा गएराति पक्राउ गरिएको जनाइएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) विजय भट्टले २०६६ जेष्ठ २ गते कंचनपुरको सुडामा कत्था व्यवसायी गर्दै आएका विशाल जैनलाई अपहरण पछि हत्या गरेको आरोपमा रानालाई २०६६ असार २३ गते पक्राउ गरी कंचनपुर कारागार चलान गरिएको बताउनुभयो । 

२०६६ साल असोज १२ गते कंचनपुर जेल तोडेर फरार भएका रानाले लगतै प्रहरी सहायक निरिक्षक भंगी रानालाई गोली हानी हत्या गरेका थिए । जेल तोडेर भागेका रानाले त्यसपछि विभिन्न समयमा कंचनपुरको दक्षिणी भेगमा लुटपाट, बलात्कार जस्ता जघन्य अपराध गर्दै आइरहेकामा बल्ल प्रहरी फन्दामा परेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल