Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यसरी हट्यो अन्यौलता

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम प्रसाद लामिछाने । माघ २७, बर्दिया ।

जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्रिया सम्पन्न भएको छ ।

सहमतिको लागि गरिएको अभिभावकहरूको धेरैबेर सम्म बसेको लामो छलफलपछि व्यवस्थापन समितिको सदस्यको लागि दुई जना महिला सदस्य मनु देवी थापा मगर र उमा देवी वि क तथा दुई जना सदस्य पदमा रामबाबु घिमिरे र टीकाराम शर्मालाई  सर्व सहमतिबाट निर्वाचित गरेको थियो ।

नव निर्वाचित समितिले तत्कालै अध्यक्ष पदमा रामबाबु घिमिरेलाई  चयन गरी अन्य दुई जना सदस्य पदमा धन बहादुर खत्री र गुना देवी कुवरलाई मनोनित गरेको हो।

शिक्षा ऐन आठौँ संशोधन २०७३ ले व्यवस्था गरे बमोजिम वि. व्य. स.  को गठन प्रकृयामा अभिभावकहारूबाट दुई जना पुरूष दुई जना महिला छनोट गर्नु व्यवस्था गरेको छ ।

यस अघिको व्यवस्था अनुरूप एसएलसी पास हुनुपर्ने प्रवधान आठौँ संशोधनले हटाइदिएको हुँदा समिति  छनोटमा सहजता थपिदिएको कुरा विशेष अतिथि श्रोतव्यक्ति गोकुल पोख्रेलले बताउनु हुँदै सके सम्म सहमतिमा मिलेर समितिमा उम्मेद्वारी दिनुहुन अभिभावकसंग आग्रह समेत गर्नु भएको थियो ।

व्यवस्थापन समिति छनोट समितिका संयोजक तथा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पुण्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नव निर्वाचित अध्यक्ष तथा सदस्य लगाएत मनोनित सदस्यलाई सपथ गराइएको थियो ।