कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ"/>
2026-09-19 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खुङ्गामा चेतनामुलक कार्यक्रम

कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ्गा गाविसमा भएको छ । 

कार्यक्रममा गाविसको वडा नम्बर–१ देखि ५ सम्मका स्थानियवासी, राजनितिकदलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । 

सो अवसरमा समाजमा रहेका विभिन्न प्रकारका विकृति विसंगति, यो विषयमा रहेको कानुनी व्यवस्था, कारवाहिको व्यवस्था लगायतको बारेमा सहजिकरण भएको थियो । वालविवाह तथा बहुविवाह र यसबाट आउने समस्या, सुर्तिजन्य तथा मदिराजन्य पदार्थ उत्पादन र सेवन एवं यसले ल्याउने समस्या, छुवाछुत प्रथा, लैङ्कि विभेद लगायतका बारेमा प्रहरी चौकी बोङ्गादोभानका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद मिश्रले सहजिकरण गर्नुभएको थियो । 

स्थानिय रुपमा आईरहने समस्याको अध्ययनको आधारमा विसंगती न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम गरिएको मिश्रले जानकारी दिनुभयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्य सिरपाली, नेकपा एमालेका हर्क सिरपाली, छोरेगाउँ माविका प्रअ तारामणि कँडेल, विद्यार्थी आसमिन घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम बडा नम्बर–४ का संयोजक धनिश्वर गैरेको अध्यक्षता र समाजिक परिचालक मनोज विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई