बैशाख २, चीन । दक्षिण चीनको ग्वाङकोङ प्रान्तमा ‘ग्यान्ट्री’ पुलजस्तो
संरचना भत्किँदा १८ जनाको ज्यान गएको छ । बुधबार उद्योगको भवनमा वारपारका लागि निर्माण गरिएको
ग्यान्ट्री दुईतले कच्ची भवनमा परेको र त्यसभित्र रहेका १८ जनाको ज्यान गएको हो ।
दुर्घटनामा ८८ जना भवनबाट भागेर उम्कन सफल भएका बताइएको छ ।