Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीमा कार्यरत स्थानीय निकायका कर्मचारीद्वारा कलम बन्द

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सरु शर्मा | माघ २७, परासी | स्थानीय निकाय ट्रेड युनियन जिल्ला समन्वय समिति नवलपरासीले गरेको आन्दोलनको घोषणा अनुसार आज एक  घण्टा कलम बन्द गरेका छन् ।

विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका उनिहरुले मँगलबार र बुधबार हातमा कालो पट्टि बाधेर आन्दोलन गरेका थिए । आज १०:३० देखि ११:३० सम्म एक घण्टा कलम बन्द गरेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

स्थानीय तह पुर्नसरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा हालको स्थानीय निकायहरु कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिनुपर्ने र नपुगेका जनशक्तिलाई मात्र निजामती सेवाबाट पठाईनुपर्ने, कर्मचारी व्यवस्थापन गर्दा स्थानीय निकाय र अन्य सेवाका कर्मचारीको समकक्षता निर्धारण गरि तह श्रेणी मिलान गर्ने, जेष्ठता योग्यता एवँ कार्यसम्पादनका आधारमा जिम्मेवारी दिनुपर्ने, कर्मचारीको ईच्छा अनुसार समायोजन गर्नुपर्ने माग गरेको छ ।

यस्तै समायोजनमा जान नचाहने कर्मचारीका लागि विशेष सुविधा सहित स्वच्छीक अवकाश लिन पाउने व्यवस्था गरिनुपर्ने, स्थानीय प्रादेशिक, संघिय निजामती सेवाका कुनैपनि प्रतिस्पर्धामा कार्यरत कुनै पनि कर्मचारीलाई उमेरको हद नलाग्ने व्यवस्था संघिय तथा प्रोदशिक कानुनहरुमा व्यवस्था गरिनुपर्ने माग आफुहरुको रहेको स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो ।

यस्तै स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने, प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनीक संरचना र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने लगायतका माग समेत अघि सारिएको छ । आन्दोलनमा रहेका कर्मचारीहरुले भोली २८ गते तिन घन्टा पेन डाउन गर्ने, फागुन एक गते सवै स्थानीय निकायको सेवा ठप्प पार्ने कार्यक्रम रहेको बताएका छन् ।