३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणी टेलिभिजनले दोस्रो स्थापना दिवस मनायो

३ बैशाख २०७३, शुक्रबार ११:०७

बैशाख ३, नवलपरासी ।
नवलपरासी सुचना तथा संचार सहकारी संस्थाद्धारा संचालित त्रिवेणी सामुदायिक टेलिभिजन बर्दघाटले
रुपन्देहीको देवदहमा बिबिध कार्यक्रम गरी आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । टेलिभिजन स्थापना भएको
दोस्रो बर्ष पार गरी तेस्रो बर्ष प्रबेशको अवसरमा त्रिवेणी सामुदायिक टेलिभिजनले देवदहमा बिबिध सामाजिक
कार्य गर्दै मनाएको हो ।

टेलिभिजनको स्थापना दिवसको अवसरमा
शुक्रवार बिहान देवदह वडा नम्बर ५ केरवानीमा मुसहर दलित तथा थारु समुदायका बालबालिकाहरुलाई शैक्षिक
सामाग्री बितरण गरेको थियो । टेलिभिजनको बार्षिक कार्यक्रम अनुसार देवदह–५, सोईया टोल, केरवानी निवासी
विपन्न तथा गरिव मुहसर समुदायका वालवालिकालाई उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले देवदह क्षेत्रको विकासमा टेलिभिजनले महत्वपूर्ण
भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा समेत देवदहवासीले सहकार्य गर्न चाहेको उल्लेख गरेका । उनीहरुले
विकास निर्माणमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेकोले देवदह क्षेत्रमा लुकेर रहेका पिडित तथा
विपन्न बर्गको समस्याहरु आमनागरिक समक्ष ल्याउनु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण स्थल रहेपनि
राज्य र लुम्विनी विकास कोषले वेवास्ता गरेको हुदां अव यसको पर्यटन प्रवद्र्धनको लागि त्रिवेणी
टेलिभिजनले उजागर गर्नुपर्नेमा जोड दिएका थिए । टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता र देवदह नगर
विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनीको प्रमुख आतिथ्यतामा उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रम
सम्पन्न भएको थियो ।

कार्यक्रममा देवदह खानेपानी तथा सरसफाई
उपभोक्ता समितिका अध्यक्ष नमराज पुरी, नेपाली काग्रेसका गुणाखर भूर्तेल, नेकपा एमालेका पदम थापा, एकिकृत
नेकपा माओवादीका भरत तिवारी, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, संघीय जनमुक्ति पार्टीका
हरीप्रसाद सारु, रेडियो देवदहका भिमप्रसाद गुरुङ्ग, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, उद्योग
व्यापार संगठनका गोविन्द ठड्राई, वडा नागरिक मञ्चका निर्मला चौधरी लगायतले बोल्दै त्रिवेणी टेलिभिजनले
आफनो प्रसारण लाईन अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


टेलिभिजनका उपाध्यक्ष बोल्गा नेपालको स्वागत र कार्यकारी निर्देशक रवि पाण्डेको संचालनमा
कार्यक्रम सम्पन्न भएको कार्यक्रममा टेलिभिजनका स्टेशन म्यानेजर कृष्ण ढकालले कार्यक्रमको उदेश्य माथि
प्रकाश पार्नु भएको थियो । कार्यक्रममा देवदह–५, सोईया टोल र केरवानीका गरी करिव ४२ जना विपन्न मुसहर
तथा दलित वालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।


त्रिवेणी सामुदायिक टेलिभिजनको २०७० साल बैशाख ३ गते स्थापना भएको थियो । त्यस्तै
त्रिवेणी सामुदायिक टेलिभिजनले देवदहक्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि देवदहक्षेत्रको
अवलोकन भ्रमण गरेको छ । देवदहवासीले देवदह ओझेलमा परेको र प्रचारप्रसार गर्न आवश्यक भएको गुनासो गर्दै
आएपछि टेलिभिजनको संचालक समिति तथा कर्मचारीहरुले देवदह अवलोकन गरी पर्यटन प्रद्र्धद्धनमा देवदहवासीलाई
सहयोग गरेको टेलिभिजन संचालक समिति सचिव तथा कार्यकारी निर्देशक रवि पाण्डेले बताउनुभयो । टेलिभिजनको
टोलीले बैरी माई , पाकरी बृक्ष तथा भवानीपुरको अवलोकन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’