२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणी टेलिभिजनले दोस्रो स्थापना दिवस मनायो

२०७३, ३ बैशाख शुक्रबार ११:०७

बैशाख ३, नवलपरासी ।
नवलपरासी सुचना तथा संचार सहकारी संस्थाद्धारा संचालित त्रिवेणी सामुदायिक टेलिभिजन बर्दघाटले
रुपन्देहीको देवदहमा बिबिध कार्यक्रम गरी आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । टेलिभिजन स्थापना भएको
दोस्रो बर्ष पार गरी तेस्रो बर्ष प्रबेशको अवसरमा त्रिवेणी सामुदायिक टेलिभिजनले देवदहमा बिबिध सामाजिक
कार्य गर्दै मनाएको हो ।

टेलिभिजनको स्थापना दिवसको अवसरमा
शुक्रवार बिहान देवदह वडा नम्बर ५ केरवानीमा मुसहर दलित तथा थारु समुदायका बालबालिकाहरुलाई शैक्षिक
सामाग्री बितरण गरेको थियो । टेलिभिजनको बार्षिक कार्यक्रम अनुसार देवदह–५, सोईया टोल, केरवानी निवासी
विपन्न तथा गरिव मुहसर समुदायका वालवालिकालाई उक्त शैक्षिक सामाग्री प्रदान गरेको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले देवदह क्षेत्रको विकासमा टेलिभिजनले महत्वपूर्ण
भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा समेत देवदहवासीले सहकार्य गर्न चाहेको उल्लेख गरेका । उनीहरुले
विकास निर्माणमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेकोले देवदह क्षेत्रमा लुकेर रहेका पिडित तथा
विपन्न बर्गको समस्याहरु आमनागरिक समक्ष ल्याउनु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण स्थल रहेपनि
राज्य र लुम्विनी विकास कोषले वेवास्ता गरेको हुदां अव यसको पर्यटन प्रवद्र्धनको लागि त्रिवेणी
टेलिभिजनले उजागर गर्नुपर्नेमा जोड दिएका थिए । टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता र देवदह नगर
विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनीको प्रमुख आतिथ्यतामा उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रम
सम्पन्न भएको थियो ।

कार्यक्रममा देवदह खानेपानी तथा सरसफाई
उपभोक्ता समितिका अध्यक्ष नमराज पुरी, नेपाली काग्रेसका गुणाखर भूर्तेल, नेकपा एमालेका पदम थापा, एकिकृत
नेकपा माओवादीका भरत तिवारी, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, संघीय जनमुक्ति पार्टीका
हरीप्रसाद सारु, रेडियो देवदहका भिमप्रसाद गुरुङ्ग, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, उद्योग
व्यापार संगठनका गोविन्द ठड्राई, वडा नागरिक मञ्चका निर्मला चौधरी लगायतले बोल्दै त्रिवेणी टेलिभिजनले
आफनो प्रसारण लाईन अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


टेलिभिजनका उपाध्यक्ष बोल्गा नेपालको स्वागत र कार्यकारी निर्देशक रवि पाण्डेको संचालनमा
कार्यक्रम सम्पन्न भएको कार्यक्रममा टेलिभिजनका स्टेशन म्यानेजर कृष्ण ढकालले कार्यक्रमको उदेश्य माथि
प्रकाश पार्नु भएको थियो । कार्यक्रममा देवदह–५, सोईया टोल र केरवानीका गरी करिव ४२ जना विपन्न मुसहर
तथा दलित वालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।


त्रिवेणी सामुदायिक टेलिभिजनको २०७० साल बैशाख ३ गते स्थापना भएको थियो । त्यस्तै
त्रिवेणी सामुदायिक टेलिभिजनले देवदहक्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि देवदहक्षेत्रको
अवलोकन भ्रमण गरेको छ । देवदहवासीले देवदह ओझेलमा परेको र प्रचारप्रसार गर्न आवश्यक भएको गुनासो गर्दै
आएपछि टेलिभिजनको संचालक समिति तथा कर्मचारीहरुले देवदह अवलोकन गरी पर्यटन प्रद्र्धद्धनमा देवदहवासीलाई
सहयोग गरेको टेलिभिजन संचालक समिति सचिव तथा कार्यकारी निर्देशक रवि पाण्डेले बताउनुभयो । टेलिभिजनको
टोलीले बैरी माई , पाकरी बृक्ष तथा भवानीपुरको अवलोकन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !