२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

क्रियाशिल नरहेका र गैर पत्रकारलाई सदस्यता वितरण गरेको भन्दै प्रेस चौतारी अछामको आन्दोलन जारी

२०७३, २७ माघ बिहीबार ११:३२

कमल रावल, माघ २७, अछाम । सदस्यता सुद्धिकरणको माग गर्दै आन्दोलन गरीरहेको प्रेस चौतारी अछामको आन्दोलन जारी रहेको छ । पत्रकार महासंघ अछामले सदस्यता नविकरण तथा नयाँ सदस्यता सिफारिसमा गैरपत्रकारलाई नविकरण तथा नयाँ सदस्यता सिफारिस गरेको भन्दै प्रेस चौतारी अछामले त्यसो कार्य तत्काल रोकी छानविन गर्न माग गरीरहेको छ । पत्रकार महासंघको सदस्यता नवीकरण तथा सिफारिस गर्दा कुनै सञ्चार माध्ययममा नरहेका र गैर पत्रकारलाई सदस्यता दिएको भन्दै आफ्नो आन्दोलन जारी रहेको प्रेस चौतारी अछामले जनाएको छ ।

सदस्यता नविकरण तथा सिफारिस पत्रकार महासंघको विधि विधान विपरित भएको भन्दै प्रेस चौतारी अछामले पत्रकार महासंघ अछामको कार्यालयमा यही माघ १६ गतेदेखि तालाबन्दी समेत गरिरहेको छ । कुनै सञ्चार माध्ययमा नरहेका तथा क्रियाशिल नरहेको व्यक्तिलाई दिएको सदस्यता तत्काल छानविन गर्न समेत चौतारीले माग गरेको छ । “कुनै सञ्चार माध्ययममा नरहेका र पत्रकारिता नगर्नेलाई कुनै दलको संगठनमा भर्ती गरेजस्तै गरिएको छ, ” प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीले भन्नुभयो, “यो समग्र पत्रकारिता जगत र पत्रकार महासंघको गरिमा र मर्यादा विपरित छ, यसको तत्काल छानविन गरिनुपर्छ ।”

अछामबाट क्रियाशिल नरहेका पत्रकारलाई समेत नविकरण र सिफारिस गरेको भन्दै प्रेस चौतारीले पत्रकार महासंघको केन्द्रीय समितिको ध्यानाकर्षण गरिसकेको छ । पत्रकार महासंघको विधानमा एसएलसी पास गरी पत्रकारिता गर्नेले ३ बर्ष निरन्तर समाचार क्षेत्रमा काम गरेको हुनुपर्ने, १२ कक्षा पास गरेकाले २ बर्ष सम्म निरन्तर पत्रकारिता गरेको हुनुपर्ने तथा स्नातक तह गरेकालाई एक बर्ष निरन्तर समाचार क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था गरेको पत्रकार महासंघ अछामका सचिव शिवराज ढुंगानाले बताउनु भयो ।

सदस्यता नवीकरणको सन्दर्भमा निरन्तर क्रियाशिल रहेको हुनुपर्ने व्यवस्था गरेको भएपनि सबै विधि र प्रक्रियालाई लत्याउँदै सदस्यता नविकरण तथा सिफारिस गरिएको भन्दै यसमा आफ्नो आपत्ति रहेको उहाँको भनाई छ । महासंघको विधानमा समाचार भन्दा अन्य क्षेत्रमा काम गर्नेलाई समेत सदस्यता दिन नपाईने व्यवस्था गरेपनि अछाम जिल्लामा व्यापक रुपमा कुनै सञ्चार क्षेत्रमा आवद्ध नै नरहेका व्यक्तिलाई सदस्यता बाँडिएको छ ।

यो कार्य कुनै पनि हालतमा मान्य नहुने प्रेस चैतारी अछामले जनाएको छ । यस अघि जिल्लाबाट ८१ जना पत्रकारको सदस्यता नविकरण तथा हाल ८४ जना नयाँ सदस्यता सिफारिस गरिएको सुननि आएको भन्दै यो के गाईजात्रा गर्न खोजिएको हो, अध्यक्ष भण्डारीले प्रश्न गर्नुभयो । यतिका संख्याका पत्रकार अछाम जिल्लामा कहाँबाट आए र यसरी पत्रकार महासंघलाई गैर पत्रकारको झुण्ड नबनाउन प्रेस चौतारीले महासंघलाई चेतावनी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा