२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

एक साता देखि एडिएसएल सेवाको ईन्टरनेट सेवा प्रभाबकारि नँहुदा ग्राहक मर्कामा

२०७३, २७ माघ बिहीबार ११:४८

टेक शाही, माघ २७, डोल्पा । नेपाल टेलिकमले माइक्रोवयव लिँक मार्फत सञ्चालन गरेको एडिएसएल ईन्टरनेट सेवा प्रभाबकारि नहुदा ग्राहक मर्कामा परेका छन । एक साता देखि एडिएसएलको सिष्टम अपडाउन हुने गरेकोले इन्टरनेट चल्न सकेको छैन । 

कुल १ सय ९२ लाइनको अनुमित पाएको नेपाल टेलिकम दुरसञ्चार कार्यालयले सबै १ सय ९२ लाइन बितरण गरेको छ । ईन्टरनेटको क्षमता प्रभाबकारि नभए पछि बैँक,आइएमइ लगायत सरकारी र गैरसकारी कार्यालयहरु सबै भन्दा धेरै मर्कामा परेका हुन । माइक्रोवयब लिँकबाट इन्टरनेट सञ्चालन गरे पछि ब्यन्डउइथ ग्राहकले भने जस्तो सेवा दिन सकिने दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । 

हाल बितरण गरिएको लाइनमा ३ सय ८४ केबिपिएसको द्रुत गतिको इन्टरने सेवा दिन मिल्ने भए पनि ब्याण्डउइथ अनुसार फानेलाइनका तारहरु पुराना भएका कारण ठुलो द्रुतगतिको ईन्टरनेट सेबा दिन नँसकेको र जिल्लामा ३ वटा कार्यालयलाइ मात्र द्रुत गतिको इन्टेरनेट सुबिधा दिएको छ । नियमित रुपमा बाँडिएका एडिएसएलका ग्राहकले १ सय ९२ केबिपिएसमा चलाउदै आएको र एक साता देखि त्यतिको पनि क्षमताको इन्टरनेट दिन नँसकेको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दया बिक्रम केसिले बताउनु भयो । 

गएको दशै देखि थ्रिजी सेवा सुचारु गरेको भए पनि सबै ठाँउमा थ्रीजी सेवा प्रभाबकारि रुपमा चल्न सकेको छैन । ६ वटा टावरले मोबाइल सेवा दिदै आएको टेलीकमले मासिक ५० लाख बराबरको कारोबार गर्ने भए पनि सेवा प्रभाबाकारि नँदिदा ग्राहक मर्कामा परेका छन । डोल्पा जिल्लाको दूनै,शहरतारा,जुफाल,ल्हाँ,कालिका र रिमी गाविसमा नमस्ते मोबाइलका टावरहरु राखिएको छ । माथिल्लो डोल्पाका ६ गाविस बाहेक तल्लो डोल्पाका सबै गाविसहरुमा मोबाइल सेवा पुगेको भए पनि सबै ठाँउमा प्रभाकारि सेवा प्रदान गर्न नँसकेको भन्दै ग्राहकले गुनासो गरेका छन । 

हाल दुनैको टवारबाट सदरकुमका बसितमा थ्रीजी सेवा दिदै आएको छ भने जुफालमा रहेको टावरबाट जिएसएम इनटरनेट सेवा दिदै आएको र अन्य ४ वटा टावरबाट फोन सेवा मात्र दिदै आएको छ । दुनैको टावरमा  थ्रीजी जडान गरे पछि मोबाइल नेटवर्कमा समस्या आएको छ । कहिले फोन लाग्दैन भने कहिले नेटवर्क नै हराउने गरे पछि सेवा ग्राहिहरु झनै मर्कामा परेका हुन । 

नियमित रुपमा यस्ता समस्या आउने र मोबाइल देखि फोन र एडिएसएल सेवाको दुरसँचार कार्यालय डोल्पाले् केहि गर्न नँसक्ने र मेन स्वीच र बेस स्वीच नेपालगञ्जमा राखिएको कारण सबै समस्याको समाधान नेपालगञ्जले गर्ने गरेकोले यताबाट दैनिक महसुलको बिल काट्ने बाहेकका कुनै पनि अन्य काम नहुने र समस्या परेको बेला नेपालगञ्जालाइ जानकारि गारउनु पर्ने प्रमूख केसिले बताउनुभयो । 

 

 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा