२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले ६ महिना देखि बिशेषज्ञ नँपठाउदा डोल्पाका बिरामी मर्कामा

२०७३, २७ माघ बिहीबार ११:५७

टेक शाही, माघ २७, डोल्पा । कर्णाली स्वास्थ्य बिज्ञापन प्रतिष्ठानले ६ महिना देखि जिल्ला अस्पताल डोल्पामा बिशेषज्ञ नँपठाए पछि बिरामीहरु मर्कामा परेका छन । तिन बर्ष देखि डोल्पा जिल्ला अस्पातलमा बिशेष बिशेषज्ञ सहितको चिकित्सा सेवा दिने गरि नेपाल सरकारसँग सम्झौता गरि प्रतिष्ठानले अहिले पछिल्लो समय काम प्रभाबकारि गरेको छैन । 

प्रतिष्ठानले डोल्पा जिल्ला अस्पतालमा बिशेषज्ञ एक जना, डक्टर एक जना र दुईजना स्टाफनर्स सहित अन्य ११जनाको टिमले काम गर्ने प्रतिबद्धता नेपाल सरकारसँग गरेको भए पनि पहिलो बर्ष बाहेक अन्य दुइ बर्ष बेलाबेलामा एक जना डक्टर बाहेक अन्य कुनै पनि कर्मचारिले काम नँगरेको जिल्ला अस्पाताल डोल्पाले जानकारि दिएको छ । 

गएको दशै पछि घरबिदामा गएका प्रतिष्ठानका कर्मचारि महिनौ दिन बिति सक्दा पनि जिल्ला अस्पतालमा फर्केका छैन । जिल्ला अस्पतालमा बेलाबेलामा पहल गरेको भए पनि कर्णाली स्वास्थ्य बिज्ञापन प्रतिष्ठानको कुलपति रिक्त भएको र सरकारले कुलपति नियुक्त नँगरे पछि डोल्पा जिल्ला अस्पतालमा प्रतिष्ठानले बिशेषज्ञ पठाउने कुनै पहल नँगरेको जिल्ला अस्पताल डोल्पाका प्रमूख डक्टर श्रीकान्त अग्रवालले बताउनु भयो । 

कर्णाली स्वास्थ्य बिज्ञापन प्रतिष्ठानले दुर्गम डोल्पा जिल्लामा काम गर्ने र सबै सुबिधाहरु दिने भनेर नेपाल सरकारसँग सम्झौता गरेको भए पनि पछिल्ला बर्षमा डोल्पाली जनताको स्वास्थयमा खेलवाड गरेको र तत्काल केहि दिनमा बिशेषज्ञ सहितको टोली जिल्लामा नँपठाए कानुनि प्रकृयामा जाने र आन्दोलन गर्ने नागरिक समाज डोल्पाले जनाएको छ । 

दुइ साता पहिले स्वास्थ्य मन्त्री गगन कुमार थापासँग पोखरामा मौखिक रुपमा कुरा भएको र केहि दिनमा समस्याको समाधान गर्ने आसवासन दिएको जिल्ला स्वास्थ्य प्रमूख अग्रवालले बताउनु भयो । तर बुधबार मात्रै स्वास्थ्य मन्त्रालयले देशका १३ जिल्लामा बिशेषज्ञ सहितको आकशमिक सल्यक्रीया सेवा सञ्चालन गर्ने निर्णय गर्दा डोल्पा त के कर्णाली अञ्चल नै परेको छैन । 

कहिले बिशेषज्ञ,डक्टर त कहिले सिटामोल नँपाएर छटपटाउने डोल्पाका जनताहरु स्वासथ्य मन्त्रि गगन थापाका नयाँ कार्य योजनामा पनि डोल्पा पर्न नँपरे पछि डोल्पाली जनताको स्वास्थय सेवा पाउने आसा निरासामा परिनत भएको स्थानियहरु दुखेसो पोख्छन । 

कर्णाली स्वास्थ्य बिज्ञापन प्रतिष्ठानले डोल्पा जिल्लामा काम गर्ने जिम्मा लिए पछि नेपाल सरकारले दिदै आएको सुत्केरि सुरक्षा भत्ता लगायत थुप्रै सुबिधाहरु कटौति भएका छन । यता राज्यले दिएको सुबिधा पनि कटौति भयो भने उता प्रतिष्ठानले पनि ब्यवास्ता गरेपछि डोल्पाका जनताले जिल्ला अस्पतालबाट पाउने सुबिधा घर जग्गा धरौटिमा राखेर उपचार गर्न तराइ जानु पर्ने बाध्यता रहेको छ । 

धन भएकाहरुका लागि सजिलो छ तर सिटामोल पनि नँपाउने र बिहान बेलुकी के खाउ र के लाउ भन्ने अबस्था रहेकाहरुकाको लागि भने तराइमा लगेर उपचार गर्ने भनेको आकाशको फल आँखा तरि मर जस्तै भएको छ । १५ सैया मात्र रहेको डोल्पा जिल्ला अस्पातलामा सामान्य एक्सरे बाहेक अन्य कुनै पनि सेवा प्रबाह गर्ने तालिम प्राप्त कर्मचारिहरु छैनन । 

सरकारले ७२ किसिमका औषधिहरु भए पनि डोल्पामा अहिले पनि ४० भन्दा बढि निशुल्क पाउने औषधिहरु आउने गदैनन र बिरामीले बाहिरका मेडिकलबाट किन्न बाध्य हुने नागरिक समाजका सुरेन्द्र ढकालले बताउनु भयो । स्वास्थ्य जस्तो सम्बेदन शिल कुरामा सरकारले लापरवाहि र ब्यवास्ता गरेकोले डोल्पाली जनता स्वास्थ्य क्षेत्रमा पिडित भएको ढकालले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !