माघ २७, अछाम । न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा डाक्टर सन्तोष कुमार ढुंगाना नियूक्त हुनु भएको छ । २ बर्ष देखी उपमेडिकल निर्देशकको पदमा रही काम गर्दै आउनु भएका ढुंगानालाई संस्थाले हालै मात्र मेडिकल निर्देशकमा चयन गरेको हो । निवर्तमान मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले हिल फेलोसिप मार्फत एमपिएचको तयारी तथा बिरामीको उपचारमा बढी ध्यान दिनुपर्ने भएकाले संस्थाले ढुंगानालाई नयाँ मेडिकल निर्देशकमा नियूक्त गरेको छ ।
धिताल ६ कास्की स्थायी घर भएका डाक्टर ढुंगाना अगस्ट २०१५ देखी बयालपाटा अस्पतालमा कार्यरत हुनुहुन्छ । डाक्टर ढुंगानाले सन २००७ मा त्रिभुवन विश्वबिद्यालय महाराजगंज टिचिङ हस्पिटलबाट एमबिबिएस र सन २०१५ मा बिपी कोईराला स्वास्थ्य विशान प्रतिष्ठान धरानबाट एमडीजिपीको अध्ययन पुरा गर्नुभएको हो ।
विभिन्न संघसंस्थामा रही कार्य अनुभव लिईसक्नु भएका डाक्टर ढुंगानाले हाल बयालपाटा अस्पतालमा स्वास्थ्य उपचारसंगै हार्डजोर्नी, गर्भवती लगायत विभिन्न जटिल किसिमका बिरामीहरुको अछाममै अप्रेसन मार्फत ज्यान बचाउन सफल हुनुभएको छ । निर्देशक चयन पछि डाक्टर ढुंगानाले भन्नुभयो, बिरामीको उपचारका साथै समग्र स्वास्थ्य प्रणली सुधारका लागी आफ्नो तर्फबाट पहल रहने बताउनु भयो । अछामका साथै यस क्षेत्रका जनताको स्वास्थ्य सुधारका लागी प्रभावकारी भुमिका निवार्ह गर्ने बताउनु भएको छ ।