२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

गण्डक क्षेत्रको समस्याको निदान निकट भविष्यमै : परराष्ट्रमन्त्री महत

२०७३, २७ माघ बिहीबार १५:२१

मोहम्मद ईजहार शेष, माघ २७, परासी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रकासशरण महतले भारतसँग लसहकार्य भई सञ्चालन हुने आयोजना सम्बन्धि दुई देश बिच समझौता भईसकेकाले अब त्यो समस्या छिटै निदान हुने बताउनु भएको छ । गण्डक नदि नियन्त्रण समिति नवलरपरासीले आयोजना गरेको अन्तराष्ट्रिय जलपद यात्राको आज सुभारम्भ गर्दै परराष्ट्र मन्त्री महतले भर्खर भएको मन्त्री परिषद स्तरीय बैठकवाट सहमति गरी भारतसँग को डि पि आर समझौताले गण्डक समस्या र हुलाकी सडकको समस्या समाधान भएको बताउनु भयो । 

फरक प्रसँगमा बोल्दै मन्त्री महतले संघियताको सवालमा आफ्नो अनुकुल मात्र नसोची देशलाई निकाश दिने मध्यस्थ बाटोे रोज्नु पर्ने बताउनु भयो । नवलपरासीवाट सुरु भएको उक्त अन्तराष्ट्रिय जलपद यात्रा भारतको कलकत्ता हुदै बँग्लादेससम्म पुग्ने बताईएको छ । फेबरुवरी महिनाको २४ तारिखसम्म चल्ने उक्त जल पदयात्राले तिनवटै देशसँग सम्बन्धित रहेका अन्तरदेशिय नदिको ब्यवस्थापनको बारेमा तिनवटै देशको ध्यानाकर्षण गराउनका लागि उक्त जलपद यात्रा सुरु गरिएको हो । यात्रामा गाडि नचल्ने ठाँउमा पैदल यात्रा समेत गरेर तटीय क्षेत्रमा पुग्ने र सम्बन्धित ठाँउका गण्डक पिडित र संघसंस्थाको अन्तरदेशिय नदि ब्यवस्थापनका लागि ध्यानाकर्षण गर्ने बताईएको छ ।

 नेपालले अत्याधिक लाभ लिने किसिमले बिसं २०१६ सालको भारत र नेपाल बिचको समझौतामा भारतले चुक्दै समझौता बिपरित गण्डक क्षेत्रका संरचना निर्माण गर्दा नवलपरासीका १३ वटा गाविसका जनताहरु पिडित रहेका छन् भने बर्षाै सो क्षेत्र डुबानमा पर्ने गरेको छ । गण्डक क्षेत्र अन्तर्गत पर्ने ४० हजार हेक्टर क्षेत्रफल सिंचित हुनुपर्ने समझौतामा रहेपनि भारतको हिसाबले निर्माण भएको सरंचना अनुसार अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिंचित रहेको छ । भारत र नेपाल अन्तर्गतको गण्डक कमान्ड अन्तर्गत पर्ने  कुनैपनि संंरचना भारतले निर्माण गर्ने समझौतामा उल्लेख रहेको छ ।

तर भारतले उपयुक्त समयमा नगर्ने र गुणस्तरीय काम नगरेकाले गण्डक क्षेत्रका बासिन्दालाई बर्षाैं देखि समस्या भोग्नु परेको छ भने कृषि बाली डुबानमा पर्ने गरको छ । परराष्ट्रमन्त्री प्रकाशसरण महतको प्रमुख आतिथ्य तथा गण्डक नदि नियन्त्रण समितिका अध्यक्ष रामवरण केवटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षेत्र नम्बर ६ का संसद देवकरण कलवार , सांसद बिक्रम खनाल , नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामिक्षाने , सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना , ईन्द्रेणि समाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बदरी सुबेदी लगायतले गण्डक क्षेत्र लगायत यस क्षेत्रको सुस्ता अत्तिक्रमणको समस्या , उँखु किसानको समस्या लगायतका समस्याका बारेमा नेपाल सरकारका मन्त्री महतलाई जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ