बैशाख ४,
नवलपरासी । नवलपरासीको कावासोतीका गत चैत १८ गते १३ बर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने
मध्येका एक अरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले
शुक्रबार दिउँसो मोरंगको बिराटनगरबाट कावासोती १३ लौखानीका कृष्ण महतोलाई पक्राउ गरेको हो । इलाका
प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार आरोपीत महतोलाई उनको आफन्तको घर विराटनगरमा लुकिरहेको
अवस्थामा पक्राउ गरेको हो । साथै अन्य दुई जना भने अझ फरार रहेका छन् ।
पक्राउ परेका महतोलाई शनिबार कावासोती ल्याउने र पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने
प्रहरीले बतायो । गत चैत्र १८ गते सांझ १३ बर्षीया बालिकालाई ३ जनाको समूहले सामुहिक रुपमा बलात्कार
गरेको थियो ।