२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

पत्रकारले चलाएको कलमले जिल्ला विकासमा टेवा पुग्छ, “प्रजिअ सापकोटा ”

२०७३, २८ माघ शुक्रबार ०३:५५

नन्दराम जैशी, माघ २८, जुम्ला । जुम्लामा ३८ औ सिडियोको रुपमा कार्यबहाक समाल्नु भएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले संचारकर्मि पत्रकारले चलाएको कलमले पनि जिल्लाको विकासमा टेवा पुग्ने बताउनु भएको छ । जुम्लाका पत्रकारहरुसँग आज भएको परिचयात्मक कार्यक्रममा बोल्दै उहाले पत्रकारले लेखेको सकारात्मक समाचारले जिल्लाको विकासमा टेवा पुग्ने बताउनुभयो । पत्रकारहरुलाइ सत्य तथ्यमा आधारित जिल्लाको विकासमा टेवा पुग्ने समाचार लेख्न उहाको अनुरोध छ ।

मिडिया जगतलाइ कानुनले नै शक्तिशालि बनाएको भन्दै समाज परिवर्तनमा मिडियाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ । पत्रकारले कसैको कर र दबाबमा समाचार लेख्न नहुने र कसैले लेख्न पनि दबाब दिन नमिल्ने बताउदै पत्रकारले लेखेको समाचार सत्य तथ्यमा आधारित नभए सबैले दुख पाउने उहाको तर्क छ । सोहि अवसरमा उहाले जिल्लाका सबै सरकारी कार्यालयलाइ प्रभावकारी सेवा प्रवाह गर्न र विकासे कामलाइ गुणस्तर बनाउन सुझाब दिनुभयो ।

विकासे काममा दारदर्शिता र प्रतिस्पर्धा भएमा मात्र भ्रष्टचार न्युनिकरण हुने उहाको भनाइ छ । कुनै पनि कार्यालयले पत्रकारले मागेको सुचना समयमै उपलब्ध गर्न निर्देशन दिदै सबै सरकारी कार्यालयहरुले कार्यालय तथा कार्यालय परिसर सरसफाइमा पनि ध्यान दिन प्रजिअ सापकोटाको सुझाब छ । साथै चन्दननाथ मन्दीरका मुर्ति चोरीको बिषयमा उहाले अनुसन्धान कार्य जारी रहेको भन्दै केहि आरोपित पक्राउ परेको तथा केहि फरार रहेकाले अपराधिलाइ नछोड्ने र सच्चा ब्यक्तिलाइ नफसाइने उहाले आश्वासन दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !