१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा खानेपानीको अभावले जिल्ला अस्पताल प्रभावित

२८ माघ २०७३, शुक्रबार ०९:५२

माघ २८, सल्यान । जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव हुँदा सरसफाइमा समेत समस्या देखिएको छ । 

दिनहँुजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालको शौचालयसमेत दुर्गन्धित भएको छ । 

हप्तामा एक÷दुईपटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिनुभयो । 

अस्पतालजस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा स्वाथ्योपचारमा समेत समस्या भएको डा रावलले बताउनुभयो । 

अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उहाँको भनाइ छ । 

जिल्ला अस्पताललाई तारबारले नघेरिएको कारण स्थानीयवासीका चौपायाले समेत दुःख दिन थालेका छन् । स्थानीयवासीका गाई, बाख्रा अस्पताल परिसरमा छिरेर फोहोर गर्ने भएकाले पनि समस्या देखिएको छ । 

अस्पतालको जनरल वार्ड बाहिर राखिएको बेडमा गएर बाख्रा बस्ने त्यही मलमूत्र गर्ने तथा अन्य स्थानमा समेत फोहर गर्ने भएकोले समस्या भएको डा रावलले बताउनुभयो । चैपायालाई छाडा नछोडिदिन पटक÷पटक भनेको भए पनि स्थानीयवासीले सुधार नगरेको उहाँको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ