Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लुम्बिनि बचतको आयोजनामा एक दिने स्वाश्थ्य शिविर, २५० ले लिए सेवा

By साझासवाल 2 मिनेट पढाइ

<p><b>सरु शर्मा, &nbsp;माघ २८, परासी ।</b> लुम्बिनि बचत तथा ऋण सहकारी सँस्था रामनगर १ भुमहीले आज एक दिने स्वाश्थ्य शिविर सम्पन्न गरेको छ । क्रिमसन हस्पिटल रामनगरको &nbsp;प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा आज २ सय ५० जनाले सेवा लिएको सँस्थाले जनाएको छ ।<img src="http://sajhasabal.com/uploads/posts/a38ed2266f62c18091151f6d58a378241486721980.jpg" style="width: 640px; float: left;"><br></p><p>&nbsp; &nbsp; &nbsp; स्त्रि रोग बिशेषज्ञद्धारा प्रदान गरीएको उक्त निशुल्क स्वाश्थ्य शिविरमा महिला सम्बन्धि &nbsp;रोग बारे जानकारी, बच्ने उपायका बारेमा परामर्श समेत प्रदान गरीएको सँस्थाका अध्यक्ष डिल्ली राज पाण्डेले जानकारी दिनुभयो । सेवा लिएका बिरामीहरुलाई निशुल्क रुपमा औषधि समेत बितरण गरीएको उहाले बताउनभुयो ।</p><p>डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्ध प्रकास पौडेलको प्रमुख आतिथ्य तथा सँस्थाका अध्यक्ष डिल्लीराज पाण्डेको अध्यक्षतामा औपचारीक रुपमा सम्पन्न उक्त शिविरमा लेखनाथ खरेल, गरीराज पाण्डे लगायतले बोल्नुभएको सँस्थाका सचिव टँक प्रसाद सुबेदीले जानकारी दिनुभयो ।</p>