२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आज तीन घण्टा कलम वन्द गरे, १ गते काम नै ठप्प पार्ने चेतावनि

२०७३, २८ माघ शुक्रबार १०:२६

सरु शर्मा,  माघ २८, परासी । नवलपरासीका स्थानीय निकायमा कार्यरत कर्मचारीले आज शुक्रबार तीन घण्टा कलम वन्द गरेका छन् । स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति नवलपरासीको आह्वानमा जिविस र गाविसका कर्मचारीले आज तीन घण्टा कलम बन्द गरेर आन्दोलन गरेका हुन् ।

      हिजो १ घण्टा कलम बन्द गरेका स्थानिय निकायका कर्मचारीले आज १०ः३० देखि दिउसो १ः३० सम्म कलम बन्द गरेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रुपमा कर्मचारी समायोजन गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने, अस्थायी कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै समितिले बिभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ । भोली शनिबार भएकाले अव १ गते सबै निकायको काम पुर्ण रुपमा ठप्प पारेर आन्दोलन जनाउने स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो । कर्मचारीहरुको आन्दोलनका कारण आफुहरुले भने सास्ती खेप्नु परेको सेवा गा्रहीले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा