२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्त नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरियो

२०७३, २८ माघ शुक्रबार १४:५८

भाष्कर केसी/माघ २८, कञ्चनपुर । भीमदत्त नगरपालिका बार्ड नं.१३ लाइ आज एक बिशेष समारोहका बिच खुल्ला दिशा मुक्त वार्ड घोषणा गरिएको छ । 

१३ नं. वार्ड भीत्र रहेका १ हजार ४० घरहरुमा शौचालय निर्माण भएपछि वार्डलाइ खुल्ला दिशामुक्त घोषणा गरिएको हो । वार्ड नं.१३ का सचिव प्रेम बहादुर कुवरको सभापतित्वभमा भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डागी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति पदम अवस्थी नेकपा एमालेका जिल्ला सदस्य कर्ण बहादुर चन्द, नेकपा माओवादी केन्द्रका नगर संयोजक लोकराज जोशी, राजमोका सेकर सुनार, राप्रपाका शेर बहादुर महरा सहभागी रहनुभएको थियो । 

सेवक नेपाल र संजिवनी नेपाल लगायतका अन्य ओडिएफमा महत्वपुर्ण भुकिका खेलेका संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो । सिद्धनाथ मावि बडैपुरमा भएको ओडिएफ कार्यक्रममा बैजनाथ आधारभुत वि. पिपरैया, सौगात इङ्गलिस बोडिङ्ग स्कुल पिपरैया, बाल विद्या निकेतन बडेपुर लगायतका बिद्याथीहरुले रयालीमा भाग लिएका थिए । 

कार्यत्रलम हुनु पुर्ब बिभिन्न स्कुलका बिद्यार्थीहरुले हातमा प्लेकार्ड बोकेर गाउघर सफा सुवघर राख्न र घर घरमा भएका शौचालय समेत सफा राख्न सचेत गराएका थिए । बिभिन्न सांस्कृतिक कार्यक्रमा बिच सम्पन्न कार्यक्रममा दोधाराबाट आएको मयुर नाच आर्कणका केन्द्रबिन्दुको रुपमा रहेको थियो । 

प्रमुख अथितीको आशनबाटख बोल्दै भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डागीले १३ नं. का जनताहरुलाइ बधाइ दिदै गाउघर र नगर सफा राख्नु सबैको कर्तव्य भएकोले नगरपालिकाको यस अभियानमा साथ दिन सबैलाइ आग्रह गर्नुभयो । 

नगर सफा राख्नु नै सभ्य नागरिकको परिचय भएको उहाको भनाइ रहेको थियो । सबै राजनितव्ीक दलका प्रतिनिधिहरुको अभियानमा एक्यवद्धता जनाउदै आफुहरुको तर्फबाट सधै सहयोग रहेने बताएका छन् । कार्यक्रममा वडा नागरिक मंचकी संयोजक रिना थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संजिवनी नेपालका अमिर तिरुवाले कार्यक्रम संचालन गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ