विमल धामी | फागुन १, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आईतवार सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानिय निकायका कर्मचारीहरुले न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | फागुन १, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आईतवार सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानिय निकायका कर्मचारीहरुले न"/>
2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कर्मचारी आन्दोलनमा उत्रिदा सेवाग्राहीहरु मर्कामा

विमल धामी | फागुन १, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आईतवार सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानिय निकायका कर्मचारीहरुले निजामती कर्मचारी सरह सेवा सुविधा र ब्यावहार गरियोस भन्ने माग राख्दै आज बेल्डाँडी नगरपालिकामा कामकाज ठप्प पारीएको स्थानिय निकायका कर्मचारी तेज बहादुर सुनारले जानकारी गराउनु भयो ।

एक साता देखि आन्दोनमा उत्रिएका कर्मचारीहरुले देश ब्यापिरुपमा आन्दोल थालेका छन् । आन्दोलन लाई टेवा पुर्याउन अर्थात स्थानिय कर्मचारीहरुलाई राज्यले गरेको ब्यावहार प्रति आक्रोशित बनेका कर्मचारीहरुले स्थानिय निकाय बाट दिने काम काज ठप्प पारेर राज्यको ध्यान आक्रषण गर्न खोजेको कर्मचारीहरुले बताएका छन् ।

बेल्डाँडी नगरपालिका कार्यालयमा  विहानै देखि सेवा ग्राहीहरुको भिड लागेको छ । सेवा लिनका लागि कार्यालय पुगेका एक बृद्ध राम बहादुर ओखेडाले भने आफु छोराको नागरित्ताको सिफारीसका लागि कार्यालय धाउन लागेको एक हप्ता हो आज आज भोली भोली भनेर धाउदा धाउदा काम नभएको दुःखेसो सुनाउनु भयो ।

अर्का सेवा ग्राहीहरु राजा राम ठाकुरले भने आफु नागरित्ताको प्रतिलिपिको लागि आएको काम नहुदा भोली तिर आउनु पर्ला भनेर फर्केको बताउनु भयो ।

यसरी सरकारले स्थानिय निकायका कर्मचारी लाई सहि ब्यवाहार नगरेको भन्दै सेवा ग्राहि समेत आन्दोलनमा सरिक हुने भएका छन् । कर्मचारीहरुको माग सरकारले छिट्टै सम्वोधन गरिदिनु पर्ने स्थानिय नागरिकको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई