बांसुदेव गिरि | फागुन १, प्युठान | विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आज जिल्लाका सवै स्थानीय निकायमा काम ठप्प पारेका छन् । जिल्ला विकास सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बांसुदेव गिरि | फागुन १, प्युठान | विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आज जिल्लाका सवै स्थानीय निकायमा काम ठप्प पारेका छन् । जिल्ला विकास सम"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कर्मचारीद्धारा स्थानिय निकायका काम ठप्प

१ फाल्गुन २०७३, आईतवार ११:४१


बांसुदेव गिरि | फागुन १, प्युठान | विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुले आज जिल्लाका सवै स्थानीय निकायमा काम ठप्प पारेका छन् । जिल्ला विकास समिति, नगरपालिका र गाविस कार्यालयहरुको काम ठप्प पारेका हुन् ।

संयुक्त संघर्ष समिति प्यूठानले स्थानीय निकायका कर्मचारीहरुको मागको विषयमा जिल्ला स्थित सरोकारवाला निकायसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला विकास समिति प्यूठानमा राजनीतिक दल, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला इन्जिनियर, विभिनन पेशागत संगठन, पत्रकार, बीचमा स्थानीय निकायका मागहरुबारे छलफल तथा अन्र्तक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रमका सहभागीले जायज मागलाई राज्यले छिटो समाधान गर्नुपर्ने बताएका छन् । कार्यक्रमको सञ्चालन संघर्ष समिति प्यूठानका संयोजक दिनेश केसी र सदस्य यामलाल पोख्रेलले गर्नुभएको थियो ।

माघ १९ गतेदेखि शुरु भएको चरणबद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत भोलिदेखि स्थानीय विकास अधिकारी , प्रमुख जिल्ला इन्जिनियर, कार्यकारी अधिकृत, गाविस सचिव लगायत निजामति कर्मचारीलाई कार्यालय प्रवेशमा निशेध गर्ने, प्रयोग गर्दै आएको सवारी साधन सञ्चालनमा निशेध गर्ने, कार्यक्रम रहेको छ ।

स्थानिय निकायको चुनाव तत्काल सम्पन्न गर्नुपर्ने, लामो अनुभवको आधारमा स्थानिय निकायका कर्मचारीलाई समायोजनमा पहिलो प्राथमिकता दिनुपर्ने, निजामति स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको  अभिलेखिकरणलाई संघिय सरकारले व्यवस्थित गरि सवै प्रदेश र स्थानिय तहमा लागु हुने गरि ऐन नियम बनाउनु पर्ने कर्मचारीले माग गरेका छन् । त्यसैगरि निजामति अस्पताल  सुविधा स्थानिय निकायमा कार्यरत कर्मचारीले प्रयोग गर्न पाउनु पर्ने, प्रतिस्प्रर्धामा सफल भएका स्थानिय निकायका कर्मचारीहरुलाई प्रदेश तथा संघिय सरकार अन्र्तगतको कर्मचारीमा जान पाउने अवसर दिनुपर्ने लगाएतका पेशागत मागहरु रहेको संघर्ष समितीले बताएको छ। ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन