२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिल्लामा पहिलो पटक निजी क्लिनिकबाट दन्त उपचार सम्बन्धी सचेतना अभियान सञ्चालन

२०७३, १ फाल्गुन आईतवार १५:२६


प्रकाशचन्द्र बुढाऐर | फाल्गुन १, डडेल्धुरा | डडेल्धुरा जिल्लामा पहिलो पटक नीजि क्लिनिकबाट जनस्वास्थ्यको क्षेत्रमा टेवा पुगाउने हेतुले दन्त उपचार तथा सुरक्षा सम्बन्धी सचेतना अभियान सुरु गरिएको छ ।

सदरमूकाम बागबजार स्थित शिखर डेन्टल क्लिनिक प्रा.लि. शाखा डडेल्धुराले निजी लगानीमा जनस्वास्थ्यको क्षेत्रमा सरोकार राख्दै गत माघ २७ गतेबाट स्वास्थ्यकर्मीको सहयोगमा विभिन्न विद्यालयहरुमा गएर दन्त स्वास्थ्य शिक्षा सम्वन्धि सचेतना अभियान सुरु गरेको हो । हरेक बर्ष दन्तरोगीहरुको संख्या बढ्दै गएकाले रोग लाग्नुपूर्व अपनाउनु पर्ने सावधानी र रोगको समयमै पहिचान तथा औषधोउपचार सम्वन्धि चेतना दिने उद्देश्यले अभियान सुरु गरिएको शिखर डेन्टल क्लिनिक प्रा.लि.का प्रवन्ध निर्देशक मोहन देउवाले बताए । स्वास्थ्य सम्वन्धीको छुट्टै रोचक विषय प्रसंगमा सचेतना अभियान भएकोले विद्यालयहरुका तर्फबाट शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सकारात्मक प्रतिक्रिया आइरहेको प्रवन्ध निर्देशक देउवाले बताए । खास गरेर मुखको सरसफाईमा केन्द्रित रहेर दाँतको सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई चेतना दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको देउवाले बताए । दन्त स्वास्थ्यका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै स्वस्थ्य दाँत, गिजा र मुखले मानिसलाई सधैँ स्वस्थ राख्ने हुदाँ पिडित वर्ग र समुदाय त्यस तर्फ संवेदनशील बन्नु जरुरी रहेको स्वास्थ्यकर्मी समेत रहेका देउवाले बताए ।

शिखर डेन्टल क्लिनिक प्रा.लि. कैलालीले सुदूरपश्चिमका विभिन्न जिल्लामा आफ्नो शाखा सञ्चालनमा ल्याएर लामो समयदेखी विरामीलाई सेवा दिदै आएको छ ।  क्लिनिक प्रा.लि.ले अहिलेसम्म बैजनाथ मा वि मौरडा, सहस्रलिङ्ग उमावि राई र घटाल उमावि नुवाकोटमा मुखको सरसफाई सम्वन्धी महत्वपूर्ण सचेतनात्मक कक्षाहरु सञ्चालन गरिसकेको छ । आगामी दिनमा पनि विभिन्न क्षेत्रका विद्यालयमा गएर विद्यालय बालवालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने र जिल्लाका प्रत्येक गाविसमा निशुल्क दन्त शिविर सञ्चालन गर्ने योजना रहेको डेन्टल क्लिनिक प्रा.लि.का प्रबन्ध निर्देशक देउवाले जानकारी दिए ।

निजी क्षेत्रबाट हुने एकल प्रयासले मात्रै सवथोक हुन नसक्ने भएकोले यो अभियानमा सरोकारवाला सवैले सरिक हुनु जरुरी देखिएको छ । मुख तथा दन्त स्वास्थ्यमा समयमै सचेत हुनसकेमा गिजा पाक्ने, दाँत झर्ने समस्या तथा त्यसले मुखमा गराउन सक्ने क्यान्सरको खतरा समेतबाट बच्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !